स्थानीयको बिरोधको कारण आईतबारदेखि नेपालगन्जको फोहर व्यस्थापनमा समस्या

१५ श्रावण २०७४, आईतवार १६:१९
 

सदरलाइनडटकम
१५ साउन, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाको फोहर आईतबार (आज) बिहानदेखि उठ्न सकेको छैन । आफ्नो डम्पिङ्ग साईड निर्माणाधिन रहेको र दैनिक संकलन तथा उत्पादन हुने फोहर व्यवस्थापनको लागि नगरको आफ्नै ठाँउ नभएको कारण समस्या भएको हो ।
आईतबार बिहान ४ टेक्टर मात्र फोहरको व्यवस्थापन गर्न सकिएको उपमहानगरका फोहर व्यवस्थापन शाखा प्रमुख अशोक केसीले जानकारी दिए । उनले भने–‘ आईतबार बिहान संकलन भएको फोहर मध्य ४ टेक्टरमात्र व्यवस्थापन गर्न सकेका छौ बाँकी त्यति कै छ ।’ नगरको फोहर औद्योगिक क्षेत्र अगाडिको खाडल, सुर्जी गाउ बाईपास र जडिबुटी कार्यालय पछाडि नीजि जमिनमा व्यवस्थापन गरिदै आएकोमा स्थानीयको तीब्र बिरोधको कारण व्यवस्थापनमा कठिनाई भएको उनको भनाई रहेको छ ।
नेपालगन्ज उप–महानगरपालिका फोहरमैला व्यवस्थापन शाखाका प्रमुख केसीले नगरको आफ्नो डम्पिङ्ग साईट सञ्चालनमा नआएको कारण फोहर व्यवस्थापनमा कठिनाई भएको बताए । उनले भने–‘ अहिलेसम्म बस्ती नभएको ठाँउमा स्थानीय जग्गा धनीको स्वीकृति लिएर नगरबाट उठेको फोहर व्यवस्थापन गरिदै आएकोमा अहिले चारैतिरबाट बिरोध आउन थालेपछि समस्या भएको छ ।’
उनले नेपालगन्जमा दैनिक जसो कम्तिमा पनि १७–१८ टेक्टर फोहर उठ्ने गरेको जनाकारी दिदै भने–‘दैनिक १७–१८ टेक्टर फोहर उठ्ने गर्छ, त्यो फोहरको व्यवस्थापन गर्ने ठाँउको अभावको कारण आज आईतबारदेखि फोहर उठ्न सकेको छैन् ।’ उनले सबैभन्दा बढी चुनौती छाडा चौपाया मरेको खण्डमा त्यसको व्यवस्थापनमा देखिएको बताए ।
नेपालगन्ज उप–महानगरपालिकामा दैनिक १७–१८ टेक्टर फोहर संकलन हुने भएपनि त्यसको विर्सजन हुन नसक्दा नवनिर्वाचित जनप्रतिनिधिलाई समेत टाउको दुखाईको विषय बनेको छ । नेपालगन्ज उप–महानगरको डम्पिङ्ग साईट सञ्चालनमा आउनको लागि कम्तिमा पनि एक वर्ष लाग्ने भएकोले सो अवधीसम्मको लागि नेपालगन्जमा दैनिक उठ्ने फोहरको व्यवस्थापन गर्न चुनौती भएको नेपालगन्ज उप– महानगरपालिकाका उप मेयर उमा थापामगरले बताईन । ‘दैनिक संकलन हुने फोहरको व्यवस्थापनको लागि आफुहरुले दिनहँँु पहल गरेको भए पनि तत्कालको लागि काहाँ व्यवस्थापन गर्ने भनेर चुनौतीको विषय बनेको छ’–उनले भनिन ।
नेपालगन्ज उप–महानगरपालिकाले बस्ती भन्दा टाढाको सार्वजनिक तथा नीजि खाली ठाँउको खोजी गर्दै आएको छ । औद्योगिक क्षेत्र अगाडिको खाली ठाँउ, जडिबुटी पछाडिको ठाँउ र नेपालगन्ज सुर्जीगाउ बाईपासरोडको नजिक व्यवस्थापन गर्दै आएकोमा स्थानीयको तीब्र बिरोधको कारण सो ठाँउमा फोहर व्यवस्थापनमा अवरोध आएको हो ।

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर उद्योग बाणिज्य संघको मतदान कार्य सम्पन्न, मतगणना सुरु हुँदै

१५ श्रावण २०७४, आईतवार १६:१९
सदरलाइनडटकम १५ साउन, कोहलपुर : कोहलपुर उद्योग बाणिज्य संघको नयाँ कार्यसमितिका लागि आईतबार भएको निर्बाचनको मतदान कार्य सम्पन्न भएको छ । निर्बाचन अधिकृत लोकबहादुर शाहका अनुसार बिहान ८ बजेदेखि शुरु भएको मतदान कार्य बेलुका ४ बजे सकिएको हो । निर्बाचन अधिकृत शाहका अनुसार १ हजार ४ सय ५७ जना मतदाता […]