जानकीलाई साक्षर गाउँपालिका घोषणा गरिँदै

७ असार २०७६, शनिबार १८:४८
 

सदरलाइनडटकम,
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाका वडा नं. ६ गनापुरलाई शनिवार साक्षर वडा घोषणा गरिएको छ । १ हजार १ सय १७ जना निरक्षर रहेकोमा साक्षरता कक्षा सञ्चालन गरेर १ हजार ६१ जना साक्षर भएपछि गनापुरलाई आज साक्षर वडा घोषणा गरिएको गाउँपालिका शिक्षा शाखा संयोजक खगेन्द्र मल्लले जानकारी दिए ।
मल्लले वडा नं. ६ का अध्यक्ष सुरेश यादवलाई साक्षरताको प्रमाणपत्र प्रदान गरी साक्षर वडा घोषणा गरिएको बताए । गाउँपालिकालाई पनि साक्षर घोषणा गर्ने अभियानअन्तर्गत जानकीका ३ वटा वडालाई साक्षर वडा घोषणा गरिएको उनले बताए । जनतामा साक्षरताको अवस्था सुधार्दै गाउँपालिकालाई असार मसान्तभित्रै साक्षरता घोषणा गर्ने तयारीका साथ काम अघि बढेको मल्लको भनाई छ ।
वडा नं. ६ का अध्यक्ष सुरेश यादवले वडालाई पूर्णसाक्षर बनाउन गाउँपालिकासँग सहकार्य गरेर सशक्तरुपमा योजनासहित लाग्ने प्रतिवद्धता जनाए । उनले वडाका ९५ प्रतिशत व्यक्ति साक्षर भईसकेकोले अव सबै नागरिकलाई साक्षर बनाउन अभियान सञ्चालन गर्नुुपर्नेमा जोड दिए । यसैबीच जानकी गाउँपालिकाको वडा नं. ३ इन्द्रपुरलाई आईतवार साक्षर वडा घोषणा गर्ने तयारी भएको शिक्षा शाखा संयोजक मल्लले जानकारी दिए ।

Next Post

नरैनापुरका अधिकांश गाउँ डुबानमा

७ असार २०७६, शनिबार १८:४८
सदरलाइनडटकम, नरैनापुर (बाँके) : शनिवार रातिदेखि परेको अविरल बर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिकाका भारतीय सीमावर्ती गाउँहरु डुवानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, […]