जिभिएनले बिद्यार्थीलाई छात्रबृद्धि दिने

२६ चैत्र २०७४, सोमबार १०:२७
 

सदरलाइनडटकम
२६ चैत, नेपालगन्ज : नेपालगन्ज—१२ चारवाहिनीरोडस्थित ज्ञानोदय बिद्या निकेतन (जिभिएन)ले जिल्लामै पहिलो पटक आफ्नो बिद्यालयका बिद्यार्थीहरुलाई छात्रबृद्धि बितरण योजना सार्वजनिक गरेको छ ।


 बिद्यालयमा २०७५ का लागि भर्ना हुने बिद्यार्थीहरुका लागि शतप्रतिशत छात्रबृद्धि दिइने प्राचार्य मानबहादुर थापाले जानकारी दिएका छन् ।

प्राचार्य थापाका अनुसार, कक्षा १ देखि ९ सम्ममा २० जना बिद्यार्थीहरुलाई शतप्रतिशत छात्रबृद्धि प्रदान गरिने छ । दलित, मधेसी, जनजाती, फरक क्षमता भएका, मुस्लिम, शहिद परिवार, गरिव र जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृद्धि दिइनेछ । बिद्यालयका अनुसार उनीहरुलाई थप कक्षामा अध्ययनका लागि पनि प्रोत्सहान गरिने छ । ज्ञानोदयको प्लस टु समेत रहेको छ ।

Next Post

गोपालनाथ योगी प्रतिनिधिसभाको सचिव सिफारिस

२६ चैत्र २०७४, सोमबार १०:२७
सदरलाइनडटकम २६ चैत, नेपालगन्ज :  गैरसरकारी संस्था महासंघका पूर्व बरिष्ठ उपाध्यक्ष एवं बाँके खजुरा निवासी गोपालनाथ योगी प्रतिनिधीसभाको सचिवमा सिफारिस भएका छन् । अमेरिकाको कोलम्ब्यिा बिश्वविद्यालयबाट कानूनमा स्नाकोत्तर गरेका योगीलाई सभामुख कृष्णबहादुर महराले प्रतिनिधीसभाको सचिव नियुक्तीका लागि राष्ट्रपति विद्या भण्डारी समक्ष सिफारिस गरेका हुन् । करिब डेढ बर्षअघि पनि तत्कालिन […]

सम्बन्धित