दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सदरलाइन संवाददाता १२ श्रावण २०७८, मंगलवार ११:५२
 

दाङ : दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार लेन सडक निर्माण क्रममा ह्युमपाइप राख्न खनिएको खाल्डोमा रा ६ प ७२५ नम्बरको मोटरसाइकल खस्दा त्यसमा सवार चूडामणि भण्डारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । भण्डारीको घर तुलसीपुर उपमहानगरपालिका–१०, राइखल्यान रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले भण्डारी कति बजे दुर्घटनामा परेका भन्नेबारे थाहा हुन नसकेको जानकारी दिए ।


बिहान स्थानीयहरूले खाडलमा दुर्घटनाग्रस्त मोटरसाइकल र मानिस देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यार्सागुम्बा संकलनमा रोक लगाउँदा करोडौं राजस्व गुम्यो

१२ श्रावण २०७८, मंगलवार ११:५२
जाजरकोट : यार्सागुम्बालगायतका जडीबुटी संकलनमा रोक लगाएसँगै डोल्पामा ठूलो मात्रामा राजस्व गुमेको छ । स्थानीय प्रशासनले कोरोना महामारीका कारण संकलनमा रोक लगाएको थियो । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यार्सागुम्वा संकलनकर्ताबाट बर्सेनि करोडौं रुपैयाँ राजस्व लिँदै आएको थियो। निकुञ्ज कार्यालयले सुलिगाड, तोइजुम, त्रिपुराकोट, सुम्दुवालगायतका १४ वटा नाकाबाट यार्सागुम्बा संकलनका लागि पुर्जी काट्दै […]

सम्बन्धित