सदरलाइनडटकम,
काठमाण्डौ : देशका पश्चिम र मध्यपश्चिम क्षेत्रमा बिहानैदेखि पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । जाजरकोट, डोल्पा सुर्खेत, जुम्ला, हुम्ला, मुगु, नवलपरासी, पर्सा, गोर्खा लमजुङ स्याङ्जा लगायतका पश्चिम र मध्यपश्चिम क्षेत्रहमा शनिवार बिहानैदेखि पानी परिरहेको छ ।
महाशाखाका मौमसविद् समीर श्रेष्ठका अनुसार पश्चिम र मध्यपश्चिममा पानी पर्ने प्रणाली दिउँसोपख कमजोर भएर पानी पर्न रोकिने छ भने तराई क्षेत्रमा पानी पर्नेछ । बेलुकासम्म देशका अधिकांश स्थानको मौसम बदली भएर मेघ गर्जनसहित पानी पर्ने मौसमविद् श्रेष्ठले बताए । पश्चिमी वायु, पूर्वी वायु र मनसुनको सक्रियताका कारण शनिवार देशभर पानी पर्ने महाशाखाले जनाएको छ ।
