बाँके आयुर्वेदद्वारा कोहलपुरमा निःशुल्क उपचार शिविर

सदरलाइन संवाददाता २८ माघ २०७९, शनिबार १७:१९
 

कोहलपुर (बाँके) : बाँके आयुर्वेद स्वास्थ्यद्वारा निःशुल्क आयुर्वेद तथा बैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न भएको छ । कोहलपुर कौशल्यानगर वडा नं.१ मा आयोजित निःशुल्क शिविरमा ५ सय २० जना विरामीको स्वास्थ्य जाँच गरिएको बाँके आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा.अनिलकुमार चौधरीले जानकारी दिए ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयद्वारा आयेजित शिविरमा २ सय ८८ जना महिला र २ सय ३२ जना पुरुषले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा छाला रोग, श्वासप्रश्वास, पायल्स, बाथ, टाउको दुख्ने, महिलाको पाठेघर सम्बन्धि जाँच, अमलपित्त, कब्जीयत जेण्डिस लगायतका विरामीको निःशुल्क उपचार भएको थियो ।

शिविरको उदघाटन समारोहमा प्रमुख अथिति कोहलपुर कोैशल्यानगर वडा नं.१ का वडाध्यक्ष बद्रीप्रसाद जैसीले सम्पुर्ण वडाबासीले स्वास्थ्य रहुन भन्ने उद्देश्यले निःशुल्क शिविरको आयोजना गरिएको जानकारी गराए । उनले आयुर्वेदको प्रयोगले मानिसलाई निरोगी बन्नमा सहयोग गर्ने भएका कारण आयुर्वेद औषधि सेवन गर्न समेत सुझाव दिएका थिए ।

कौशल्यानगर श्री कृष्ण माविका प्रधानाध्यापक दिलिप वलीले आयुर्वेदको प्रयोग र महत्वको बारेमा विद्यालयस्तरदेखि नै जानकारी गराउन आवश्यक रहेको बताए । उनले आयुर्वेदको नियमितरुपमा सेवन गर्नले कतिपय रोग लाग्नबाट बच्न सकिने पनि बताए ।


कोहलपुर आयुर्वेद औषधालयका प्रमुख उदिप श्रेष्ठले विगतको तुलनामा आयुर्वेदको प्रयोग बढ्दै गएको जानकारी दिए । बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिकी सदस्य अछरी पोखरेलले आयुर्वेदको महत्व, शिविर सञ्चालनको उद्देश्यका साथै बाँके आयुर्वेदद्वारा १५ शैयाको अस्पताल निर्माण हुन लागेको जानकारी गराइन् ।

शिविरमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.अनिलकुमार चौधरी, डा. गीता रेग्मी, बरिष्ठ बैद्य सीताराम चौधरी, खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख किरण खनाल, नागरिक आरोग्य केन्द्र नरैनापुरका प्रमुख रोसन शर्मा लगायतले विरामीको जाँच गरेका थिए ।

शिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो । कोरोनापछिका पछिल्ला दिनमा आयुर्वेदप्रति नागरिकको चासो बढ्दै गएको छ । बाँके आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा २३ प्रकारका औषधि निःशुल्क वितरण गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेसको उदार अर्थनीतिका कारण निजी क्षेत्रले फड्को मारेको हो : राठौर

२८ माघ २०७९, शनिबार १७:१९
नेपालगञ्ज : नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले काँग्रेसले ल्याएको उदार अर्थनीतिका कारण मुलुक यो अवस्थासम्म आइपुगेको बताएका छन् । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको चौथो जिल्ला तथा प्रथम नगर अधिवेशनको शनिवार नेपालगञ्जमा उदघाटन गर्दै राठौरले कांग्रेसको अर्थनीतिका कारण नै मुलुकमा निजी क्षेत्रले फड्को मारेको बताए । उनले उद्योगी व्यवसायीका समस्यामा […]

सम्बन्धित