बाँकेमा लैङ्गिकहिंसा पीडितका लागि राहत कोष स्थापनाको पहल

६ माघ २०७५, आईतवार ०९:५४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा लैङ्गिकहिंसा पीडितका लागि राहत कोष स्थापना गर्न सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके अन्तरगत गठन गरिएको लैंङ्गिक हिंसा निवारण सञ्जाल बाँकेले लैङ्गिक हिंसा पीडितको लागि सहयोग पुराउने उदे्श्यले शनिबार बनाभोजसहितको कार्यक्रम आयोजना गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेको महिला तथा बालबालिका शाखामा सचिवालय रहेको सो सञ्जाल जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अरुण पौडेलको संयोजकत्वमा हाल सञ्जाल क्रियाशिल छ ।
लैंङ्गिक हिंसा बिरुद्ध क्रियाशिल विभिन्न संघसंस्था, बाल क्लव तथा नागरिक अगुवाहरुको सहभागिता रहेको सो सञ्जालले प्रस्तावमा ल्याएको लैङ्गिक हिंसा पीडित राहत कोषको लागि नेपालगञ्ज उप–महानगरपालिका वडा नं.४ का वडा अध्यक्ष सफिक बेहनाले एक महिनामा आफुले पाउने सेवा सुविधाको रकम उपलब्ध गराउने घोषणा गरेका छन् । उनले सो अवसरमा आफुले गर्न सक्ने अन्य सहयोगको लागि पनि तत्पर रहेको बताए ।
यसैगरी नेपालगञ्ज उप–महानगरपालिका वडा नं.१७ का अध्यक्ष अजय पाठकले १० हजार, वडा नं. १४ का अध्यक्ष आलोकनाथ मिश्रले ५ हजार, जानकी गाउपालिका वडा नं. १ ले ५ हजार १ सय, व्यावसायी जयबहादुर केसीले ५ हजार, यातायात व्यावसायी विजय गुप्ताले एक दिनको निशुल्क बस उपलब्ध गराएका छन् भने सञ्जालका सबै सदस्य संस्थाहरुले कम्तिमा पनि एकहजारको दरले सहयोग गर्ने सञ्जालका सदस्य सचिव एवम महिला बालबालिका प्रमुख प्रहरी सहायक निरिक्षक श्यामकुमारी पाईजाले जानकारी दिईन ।
सो अवसरमा सञ्जालकी सदस्य समेत रहेकी समाजसेवी विन्दु चर्तिमगरका सुपुत्र शुभम थापाको जन्मदिवस समेत मनाईएको थियो ।
कार्यक्रममा नेपालगञ्ज उप–महानगर उप–प्रमुख उमा थापामगर, बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी मोहन अर्याल, सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाह, वडा नं. ४ का अध्यक्ष सफिक बेहना, जिल्ला तथा नगर बाल क्लवमा आवद्ध बालबालिकालगायत विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

Next Post

श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

६ माघ २०७५, आईतवार ०९:५४
सदरलाइनडटकम, धनगढी : कैलालीमा एक जनाले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीका ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीको हत्या गरी आफूले आत्महत्या गरेका हुन् । आइतवार बिहान साढे ५ बजे श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या गरेको र त्यसलगत्तै आफूले झुण्डिएर […]

सम्बन्धित