सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा १० रुपैयाँमा पेटभरी खाने व्यवस्था मिलाइएको छ । बालाजी भक्त समूहले नगर भवन अगाडी सडकछेउमा १० रुपैयाँमा पेटभरी खाना खुवाउने व्यवस्था मिलाएका हुन् ।
हरेक साता शनिवार र मंगलवार दुई दिन न्यूनतम मूल्यमा खाना खुवाउन थालिएको बालाजी भक्त समूहका अगुवा नरेशकुमार अग्रवालले जानकारी दिए । १० रुपैयाँमा खाना पाउन थालेपछि मजदुर वर्गलाई राहत पुगेको छ ।
विपन्न समुदायलाई लक्षित गरि न्यूनतम मूल्यमा खाना खुवाउन थालिएको अग्रवालले बताए । अग्रवालको पहलमा बालाजीका भक्तजनबाट सहयोग संकलन गरि न्यूनतम मूल्यमा खाना खुवाउन थालिएको हो ।
बालाजी भक्त समूहको पसलमा दैनिक चार सयदेखि पाँच सय जनाले खाना खाने गरेका छन् । भक्तजनहरुको सहयोगमा बृद्धि भए आगामी दिनमा दैनिकरुपमा न्यूनतम मूल्यमा खाना खुवाउने बालाजीका भक्तहरुको लक्ष्य रहेको छ ।
