नेपालगञ्जमा अत्याधुनिक पौडी पोखरी सञ्चालनमा

६ असार २०७६, शुक्रबार १५:५४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आठौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई दृष्टिगत गर्दै नेपालगञ्ज रंगशाला परिसरमा निर्माण शुरु गरिएको ‘स्वीमिङ्ग कम्पलेक्स’को शुक्रवार औपचारिकरुपमा उद्घाटन गरिएको छ । खेलकुद प्रतियोगिता सकिएको दुई महिनापछि एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै सदस्य सचिव बिष्टले नेपालगञ्जमा निर्माण भएका भौतिक संरचनाले यहाँका खेलाडीहरुलाई सहज हुने वातावरण सृजना गरेको बताए । कार्यक्रममा मध्यपश्चिम खेलुकद विकास समिति प्रदेश पाँचका अध्यक्ष भीम वलीले ठुलो मिहिनेतपछि यो संरचना निर्माण गर्न सकिएको बताए ।
पौडीका प्रि–प्रशिक्षण तथा केही प्रतियोगिता गर्न मिल्ने गरि निर्माण गरिएको उक्त कम्पलेक्समा करीब ३ करोडको प्याराफिट, डिप बोरिंङ्ग, अत्याधुनिक पानी शुद्धिकरण गर्ने उपकरण, रेष्टुरेन्ट लगायतको सुबिधा छ ।
प्रदेश ५ का अध्यक्ष वलीले डिपिआरदेखि हालसम्म करीब १८ करोड लागतमा पौंडी पोखरीको निर्माण सम्पन्न भएको जानकारी दिए । रङ्गशालामा मापदण्ड बनाएर सर्वसाधारणलाई समेत प्रवेश दिने तयारी गरिएको उनको भनाई छ । उक्त पौडी पोखरी राजधानीपछिको सुविधासम्पन्न पौडी पोखरी हो ।

Next Post

जानकीमा वातावरणीय सरसफाई अभिमुखीकरण

६ असार २०७६, शुक्रबार १५:५४
सदरलाइनडटकम, जानकी (बाँके) : जानकी गाउँपालिका स्वास्थ्य शाखाले समुदायस्तरीय वातावरणीय सरसफाई सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । वडा नं. १ साईगाउँ देखि वडा नं. ६ गनापुरसम्मका ११ स्थानमा समुदायस्तरीय वातावरणीय सरसफाई सम्बन्धि अभिमुखिकरण तालिम सञ्चालन भएको हो । जेठ २८ देखि असार ६ गतेसम्म सञ्चालित अभिमुखीकरणमा ४४० जना सहभागीलाई […]