डुडुवाको गाउँसभामा जनप्रतिनिधिको विरोध

सदरलाइन संवाददाता ८ असार २०८०, शुक्रबार १६:१०
 

डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकामा गाउँसभाका दिन जनप्रतिनिधिहरु नै आन्दोलनमा उत्रिएका छन् । नेकपा (एमाले) बाट निर्वाचित वडा ५ का वडाध्यक्ष झंकर थापा, वडा ६ का अध्यक्ष मोहनराम मिश्रसहित तीन जना कार्यपालिका सदस्य, वडा सदस्यहरु वडाबासीसहित शुक्रबार आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले गाउँपालिका कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना तथा घेराउ गरेका छन् । वडा अध्यक्ष मिश्रले कानूनसम्मत माग राख्दा सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएका बताए ।

उनले भने, ‘हामीले राखेका मागहरु पूरा गर्न नसकिनेखालका छैनन, तर गाउँपालिका अध्यक्षले मनोमानी ढङ्गले कार्यपालिका चलाउँदा समस्या भएको छ ।’ वडालाई बार्षिक बजेटको सिलिङ दिनुपर्ने, वडा–वडामा योजना तर्जुमा गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता समयमै वितरण गर्नुपर्ने, गाउँपालिकामा कार्यरत कर्मचारीको विवरण सार्वजनिक गर्नुपर्ने, गाउँपालिकाको यान्त्रिक सम्पत्ति दुरुस्त राखी सार्वजनिक गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएको एमाले नेता शकिल अहमद खानले जानकारी दिए ।


चैतमा वितरण हुनुपर्ने भत्ता हालसम्म वितरण नभएको आन्दोलनमा उत्रिएका जनप्रतिनिधीको भनाइ छ । यसअघि एमाले र जनता समाजवादीबाट निर्वाचित वहुमत कार्यपालिका सदस्यहरुले संयुक्त आन्दोलन गरेका कारण चालु आवमा ६ महिना ढिलोगरी गाउँसभा भएको थियो ।

अहिले जसपाबाट निर्वाचित जनप्रतिनिधीलाई साथमा लिएर बहुमतका आडमा अध्यक्ष नरेन्द्र चौधरीले बलमिच्याइ गरेको खानले आरोप लगाए । पहिलो चरणमा माग पूरा नभए दोस्रो चरणमा थप कार्यक्रम गरिने एमालेले जनाएको छ । अध्यक्ष चौधरीले सबै पक्षलाई मिलाएर गाउँपालिका चलाउन खोज्दा अवरोध हुनेगरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा ‘सेनिटाइजर’ सेवन गर्दा दुई जनाको मृत्यु

८ असार २०८०, शुक्रबार १६:१०
नेपालगञ्ज : बर्दियामा ‘सेनिटाइजर’ जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नम्बर ८ टिसियन फाँटामा ‘सेनिटाइजर’ जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनारको मृत्युु भएको जिल्ला […]