जानकीमा वातावरणीय सरसफाई अभिमुखीकरण

६ असार २०७६, शुक्रबार १८:४६
 

सदरलाइनडटकम,
जानकी (बाँके) : जानकी गाउँपालिका स्वास्थ्य शाखाले समुदायस्तरीय वातावरणीय सरसफाई सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । वडा नं. १ साईगाउँ देखि वडा नं. ६ गनापुरसम्मका ११ स्थानमा समुदायस्तरीय वातावरणीय सरसफाई सम्बन्धि अभिमुखिकरण तालिम सञ्चालन भएको हो ।
जेठ २८ देखि असार ६ गतेसम्म सञ्चालित अभिमुखीकरणमा ४४० जना सहभागीलाई व्यक्तिगत र वातावरणीय सरसफाई, मुख स्वास्थ्य र सरसफाई, साबुन पानीले हात धुने अवस्था यसका फाईदा र तरिकाहरु, स्वस्थ्य खाना र सफा पानीका फाईदा र पानी शुद्धिकरण गर्ने तरिकाहरु, वातावरण र सरसफाई र यसका फाईदा, चर्पीको प्रयोग, फोहोर मैला व्यवस्थापन गर्ने लगायतका विषयवस्तुबारे जानकारी दिईएको स्वास्थ्य शाखा संयोजक गिरबहादुर गुरुङले बताए । तालिममा प्रदर्शनी विधि, श्रव्य दृष्य विधि र भिडियोहरु प्रदर्शनी गरिएको थियो ।
तालिममा स्थानीय स्वास्थ्य संस्था प्रमुख, गाउँपालिका संयोजक गिरबहादुर गुरुङ, सहसंयोजक दलबहादुर राना, सीनियर अहेव अधिकृत प्रकाश गौतमले सहजिकरण गरेका थिए ।

Next Post

नेपालगञ्जमा युवा उद्यमशिलता तालिम सुरु

६ असार २०७६, शुक्रबार १८:४६
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले युवालाई लक्षित गरी उपमहानगर स्तरिय युवा सीप तथा उद्यामशिलता विकास तालिम सुरु गरेको छ । युवालाई उद्यमशिलता बनाउने तथा उद्यम र व्यावसाय सञ्चालन गर्नेतर्फ अग्रसर रहेकालाई सहभागि गराईएको सो तालिम असार १२ गतेसम्म सञ्चानमा हुने छ । तालिमको उद्दघाटन गर्दै नेपालगञ्ज उप–महानगरपािलकाका शिक्षा युवा तथा […]