खजुराका विद्यालयमा शोक विदा

सदरलाइन संवाददाता ३० आश्विन २०८०, मंगलवार १४:२१
 

नेपालगञ्ज :स्कुल बस दुर्घटनामा परी बिद्यार्थीको मृत्यु भएपछि खजुरा गाउँपालिकाका सबै निजी तथा सामुदायिक विद्यालय मंगलवार बन्द भएका छन् ।


खजुरा गाउँपालिकाको शिक्षा शाखा, प्याब्सन र एन–प्याब्सनले शोक विदा दिएका हुन् । दीपक बोर्डिङ स्कुलको ना ४ ख ६५१ नम्बरको बस खजुरा गाउँपालिका वडा नम्बर ५ स्थित जेठी नालामा खस्दा कक्षा ६ मा अध्ययनरत १२ वर्षिय एक जना बिद्यार्थीको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मंगलवार चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

३० आश्विन २०८०, मंगलवार १४:२१
नेपालगञ्ज : बडा दशैँ एवं नवरात्रको तेस्रो दिन मंगलवार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ […]