ठूलो परिमाणको लागूऔषधसहित बाँकेमा पाँच पक्राउ

४ असार २०७६, बुधबार १५:२३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीबाट १८ किलो पाँच सय ग्राम अफिमसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ ।
बुधवार बिहान ६ बजे पुरैनीस्थित बाबाकुटीमा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषधसहित कारोबारमा संलग्नलाई नियन्त्रणमा लिएको प्रदेश ५, लागुऔषध अनुसन्धान ब्युरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टेलीले नियन्त्रणमा लिएको जनाएको छ । । यस विषयमा बाँके प्रहरीले बेलुकी ५ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने भएको छ ।
प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले लागुऔषधसहित पाँचजनालाई नियन्त्रणमा लिए पनि थप जानकारी बेलुकी ५ बजे पत्रकार सम्मेलनमार्फत मात्र सार्वजनिक गर्ने बताए ।
अफिम सहित पक्राउ पर्नेहरुमा त्रिवेणी नलगाड नगरपालिका–९, दग्दा जाजरकोटका २५ बर्षिय राजेन्द्र विश्वकर्मा, पूर्वी रुकुम उत्तरगंगा नगरपालिका–२ का ४९ वर्षीया शर्मिला मगर, नलगाढ गाउँपालिका–९ का २५ वर्षीया वीरबहादुर विश्वकर्मा, सोही ठाउँका ५० वर्षीय पृथ्वीबहादुर विश्वकर्मा रहेका छन् भने प्रहरीले उनीहरु सवार भे १ ह १३९५ नंम्बरको अटो र त्यसका चालक सुर्खेत पञ्चपुरी नगरपालिका–९, खुर्सानीबारी, सुर्खेतका ३९ वर्षीय अम्मरबहादुर दराईलाई समेत नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाए ।

Next Post

‘द्वन्द्वपीडितको न्यायका लागि प्रदेश ५ प्रतिबद्ध’

४ असार २०७६, बुधबार १५:२३
सदरलाइनडटकम, दाङ : प्रदेश नम्बर ५ प्रदेशसभाकी उपसभामुख कृष्णी थारुले शान्ति, सुशासन र सम्बृद्धीनै अहिलेको मुख्य कार्यभार भएको बताएकी छन् । दाङको घोराहीमा बुधवार आयोजित द्वन्द्वपीडित महिलाहरुको अधिकार र न्याय विषय अन्तरक्रियामा बोल्दै उपसभामुख थारुले परिवर्तनलाई संस्थागत र न्याय स्थापित गर्ने प्रमुख जिम्मेवारी भएको उल्लेख गरिन् । नागरिकलाई विकास, अधिकार […]