मुख्यमन्त्री शंकर पोखरेलले नेपाल–भारत मैत्रीबस सेवाको शुभारम्भ गर्ने

१३ पुष २०७५, शुक्रबार १८:३६
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  नेपालगञ्जबाट भारतको नयाँ दिल्लीसम्म नीजि क्षेत्रको भेरी यातायात प्रालि नेपालगञ्जले शनिबार पुस १४ गतेदेखि विधिवत रुपमा शुभारम्भ गर्ने भएको छ ।
पाँच नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल भारत मैत्रीबस सेवाको शुभारम्भ नेपालगञ्जबाट गर्ने गरी तयारी भएको भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए ।
नेपालगञ्ज पर्यटन क्षेत्रको प्रवेशद्वार पनि भएकोले छिमेकी मुलुक भारतका धार्मिक तिर्थालु यात्रु नेपालको बागेश्वरी, स्वर्गद्वारी, रारा, मानसरोवर लगायतका गन्तब्यसम्म यात्राका लागि सो बस सेवाले अहम भूमिका खेल्ने उनले दाबी गरे ।
नेपालबाट भारतका विभिन्न स्थानमा स्थल तथा हवाईमार्ग मार्फत दुई देशिय आवागमन बनाउन मुख्यमन्त्री पोखरेल यस अघि नै विभिन्न प्रयासहरु गरि रहेको अवस्थामा मैत्रीबस सेवाले प्रदेश सरकारको योजनालाई सहयोग पुग्ने प्रालिका कानुनी सल्लाहकार प्रमोद धितालले जानकारी दिदै भने–‘मुख्यमन्त्री पोखरेलकै प्रयासमा नेपालगन्जदेखि दिल्लीसम्म हवाई सेवा सञ्चालनको पहल भईरहेको छ त्यो पनि हाम्रा लागि सहयोगी हुने छ । केही समयमा त्यो सेवा पनि सुचारु हुन्छ ।’
भेरी यातायात प्रालि र उत्तर प्रदेश परिवाहन निगमका मैत्रीबस दिल्लीबाट आउने र जाने यात्रुलाई सहयोग पुग्ने छ । नेपालबाट भारतका शहरमा यात्रा गर्नका लागि सिमा क्षेत्र वहराइच जिल्लाको रुपैडीया जानै पर्ने बाध्यता हट्ने, नेपाली भाषा शैली र नेपाल कै शहरबाट यात्रुले सेवा पाउने भएका छन् । हाल दैनिक एउटा बस दिल्ली जाने र दिल्लीबाट नेपाल आउने व्यवस्था मिलाईएको अध्यक्ष गिरीले जानकारी दिए ।

Next Post

मानव बेचबिखनबिरुद्ध विद्यार्थीलाई प्रशिक्षण

१३ पुष २०७५, शुक्रबार १८:३६
सदरलाइनडटकम, नेपालगञ्ज : माध्यमिक तहका विद्यार्थीका लागि नेपालगञ्जमा सञ्चालित मानव बेचविखनविरुद्ध तीन दिने तालिम शुक्रवार सम्पन्न भएको छ । मानव बेचबिखन बिरुद्ध बिध्यर्थी मार्फत बिद्यालय एवं समुदायस्तरमा चेतना अभिबृद्धि गर्ने उद्देश्यले माइती नेपालले तालिमको आयोजना गरेको थियो । माइती नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक केशव कोइरालाले मानव वेचविखनको वर्तमान अवस्था तथा […]