भेरीका स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

सदरलाइन संवाददाता २३ कार्तिक २०७७, आईतवार १४:१८
 

नेपालगञ्ज : भेरी अस्पतालका चिकित्सक तथा नर्सले निरन्तर उपचारमा संलग्न भएपनि हालसम्म जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न हुने अस्पतालका जनशक्तिलाई समेत जोखिम भत्ता दिने निर्देशिका जारी गरेर रकम पठाएपनि हालसम्म भेरी अस्पतालका कसैले पनि भत्ता पाएका छैनन् ।

सरकारले अस्पताललाई कोभिड–१९ का लागि जोखिम भत्ता पठाइसके पनि अस्पताल प्रशासनले वितरण गरेको छैन् । संघीय सरकारबाट भदौ २४ गते प्राप्त डेढ करोड रुपैयाँ अस्पतालले वितरण नगरेका कारण चिकित्सक तथा स्वास्थ्यकर्मीहरु निराश भएका छन् । कोभिड–१९ को उपचार र व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीका लागि सरकारले सबै जिल्लामा कोडिभ भत्ता उपलब्ध गराएको थियो ।


अस्पतालका मेडिकल सुपरिटेन्डण्ट डा. प्रकाश थापाले लेखामा कर्मचारी अभाव हुँदा भत्ता वितरणमा ढिलाई भएको बताए । लेखाका कर्मचारीलाई अख्तियारले तानेपछि प्रशासनिक काम प्रभावित हुँदै आएको छ । भेरी अस्पतालमा करारका समेतगरी तीन सय हाराहारीमा कर्मचारी छन् । भेरीले करीब ४ करोडरुपैयाँ जोखिम भत्ता माग गरेको थियो ।

तर सरकारले डेढ करोडमात्र पठायो । त्यही रकमबाट कोभिडका विरामीको खानादेखि उपचारमा खटिने चिकित्सकलाई खाना र उपचारपछि आइसोलेट बस्ने रुमको समेत व्यवस्थापन हुने गरेको छ । ‘सरकारले जोखिम भत्ता नै भनेर रकम पठाएको छैन् मेसु डा थापाले भने–‘विरामीको सोध भर्ना भनेर उक्त रकम पठाएको हो अव कति बचत हुन्छ त्यही अनुसार वितरण गरिने छ ।’

Next Post

भेरीको परीक्षणमा बाह्र संक्रमित थपिए

२३ कार्तिक २०७७, आईतवार १४:१८
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणमा १२ जना कोरोना संक्रमित थपिएका छन् । आस्पतालले आइतवार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार बाँके, बर्दिया र दाङमा १२ जना कोरोना संक्रमित थपिएका हुन् । भेरी अस्पतालले पछिल्लो २४ घण्टामा ६२ जनाको नमुना परीक्षण गर्दा ५ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको […]