सर्वोच्चमा प्रहरी र वकिलबीच झडप, दुई जना घाइते

सदरलाइन संवाददाता २ मंसिर २०७८, बिहीबार १३:०६
 

काठमाण्डौ : सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ । झडपमा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएका छन् । घाइते महर्जनलाई न्युरो अस्पताल लगिएको छ ।

प्रधानन्यायाधीशले वैकल्पिक गेट प्रयोग गरेर सर्वोच्च छिर्ने क्रममा उनलाई छेक्न गएका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको हो ।


प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन कानुन व्यवसायीहरु धर्नामा बसेका छन् । झडपपछि कानुन व्यवसायीहरुले दंगा प्रहरी र चोलेन्द्र शमशेर मुर्दा बाद भन्दै नाराबाजी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बिहीवार ३ जनामा कोभिड पुष्टि

२ मंसिर २०७८, बिहीबार १३:०६
नेपालगञ्ज : बाँकेमा बिहीवार ३ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ६२ वटा नमुना जाँच्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २४ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै मेडिकल कलेज कोहलपुरमा ३१ नमुना परीक्षण गर्दा १ […]