राप्तीसोनारीमा राखिएको स्काभेटरमा आगजनी

सदरलाइन संवाददाता १९ माघ २०७८, बुधबार १४:१७
 

राप्तीसोनारी (बाँके) : बाँकेमा एउटा स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मसुरी बगर लामाचौरमा पार्किङ गरि राखिएको गौरब रावलको करिब करोड रुपैयाँ पर्ने भे १ प ११११ नम्बरको स्काभेटरमा मंगलवार राती अज्ञात समूहले आगजनी गरेको ट्राफिक प्रहरी पोस्ट शम्शेरगञ्जका प्रमुख प्रहरी नायब निरीक्षक होमनाथ अधिकारीले जानकारी दिएका छन् ।

मंगलवार राती पौने १० बजे स्काभेटरका चालक तथा सहचालक खाना खान गएको बेला अज्ञात समूहले आगजनी गरेको प्रहरी नायब निरीक्षक अधिकारी बताए । खाना खाइसकेर चालकहरु आएर हेर्दा स्काभेटरमा आगजनी भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


त्यसपश्चात् आगो निभाएपनि स्काभेटर पूर्णरुपमा जलेको छ । प्रहरीले आगजनी गर्ने समूहको खोजी कार्य जारी रहेको जनाएको छ । स्काभेटर मालिक रावलले आफूले आफ्नो काम गर्दै आएको र कसैसँग पनि आफ्नो दुश्मनी नभएको हुँदा किन आगजनी गरियो भन्नेमा आफैं अचम्मित परेको बताए । रावलले तत्काल दोषीलाई पक्राउ गर्न प्रहरी समक्ष माग गरेका छन् ।

निशान बिल्डर्सले आफ्नो स्टक उठाउनलाई प्रयोग गरेको उक्त स्काभेटर जलाएकोप्रति आपत्ति जनाएको छ । साथै निशान विल्डर्सले दोषीलाई कडा कारबाही गरी उचित क्षतीपूर्ति दिलाउन समेत प्रहरीसमक्ष माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके राष्ट्रिय निकुन्जमा भिटिआर सिस्टम जडान

१९ माघ २०७८, बुधबार १४:१७
नेपालगञ्ज : बाँके राष्ट्रिय निकुन्ज क्षेत्रको सडकमा चल्ने सवारी साधनको जाँचलाई छिटो छरितो र प्रभावकारी बनाउन भेइकल ट्रयाकिङ रिकोजिनेशन भीटीआर सिस्टम जडान गरिएको छ । निकुन्ज प्रवेश गर्ने स्थानमा रहेका चेक पोष्टहरु शिवखोला र प्रगति नगरमा करिब १५ लाखको लागतमा भीटीआर सिस्टम जडान गरिएको बाँके निुकन्जका प्रमुख श्यामकुमार शाहले बताए […]

सम्बन्धित