गुठी विधेयकको पक्षमा किसानको र्याली

३० जेष्ठ २०७६, बिहीबार १८:४३
 

सदरलाइनडटकम,
दाङ : संघीय संसदमा पेश भएको गुठी विधेयकको पक्षमा दाङका भुमिहिन किसानहरुले र्याली निकालेका छन् । दश स्थानिय तहबाटै आएका करीब पाँच हजार किसान तथा गुठीको जग्गामा बसोवास गर्दै आएकाहरुले सरकारले संसदमा पेश गरेको गुठी विधेयक पास गरि कार्यान्वयनमा ल्याउन माग गर्दै र्याली गरेका हुन् ।
दाङ भूमि अधिकार मञ्च र स्वर्गद्वारी गुठी पिडित संघर्ष समितिले र्याली निकालेका थिए । सरकारले संसदमा पेश गरेको विधेयक पास हुनै पर्ने भन्दै राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रिय उपाध्यक्ष मेघबहादुर बिसीले विधेयक पास गरेर बर्षौसम्म उत्पिडनमा परेका किसानलाई न्याय हुने बताए ।
दाङमा स्वर्गद्धारी आश्रमको नाममा नीजि विशेष गुठीको एक हजार ५० विगाह जग्गा छ । जसमध्ये ७ सय बिगाह जग्गामा मोही छ । बचेको बाँकी साढे तीन सय विगाह अतिक्रमणमा परेको छ । गोरक्ष रतननाथ मन्दिरको नाममा रहेको जग्गा यस अघी रैकरमा परिणत गरिएको छ ।
जिल्लामा नेपाल संस्कृत विश्व विद्यालयको १२ सय विगाहा जग्गा मध्य केही जग्गा अतिक्रमणमा परेको छ । र्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य तथा नेकपाकी सचेतक शान्ता चौधरीले संसदमा पेश भएको गुठी विधेयक महत्वपूर्ण र जनता मुखी रहेको बताए । चौधरीले गुठी विधेयक पास भएरै छाड्ने दावी गरेका छन ।

Next Post

लिग फुटबलमा धम्बोझी र मोडेल फाइनलमा

३० जेष्ठ २०७६, बिहीबार १८:४३
सदरलाइनडटकम, नेपालगञ्ज : जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधीका लागि धम्बोझी क्लव र मोडेल टीम, सीगाउँ भिड्ने भएका छन् । नेपालगञ्जको प्रहरी तालिम केन्द्रमा सञ्चालन भइरहेको जिल्ला लिगमा शुक्रवार धम्बोझीले मिलन युवा क्लव, नेपालगञ्ज र मोडेलले न्यू डाँफे स्पोर्टस क्लव, डीगाउँलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । धम्बोझीले मिलनलाई ४–० गोलले […]