प्रधानमन्त्री ओलीले भदौ ३१ गते संसदलाई सम्बोधन गर्दै

सदरलाइन संवाददाता २७ भाद्र २०८१, बिहीबार १३:२५
 

नेपालगञ्ज डेस्क :  प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।


प्रधानमन्त्री ओली आउँदो असोज ४ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ ।

सो सम्बोधनमा महासभामा गर्ने सम्बोधनमा आफूले उठाउने विषयबारे प्रधानमन्त्री ओलीले अग्रीम रुपमा संसदलाई जानकारी गराउन लागेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अस्पतालले २६ लाख क्षतिपूर्ति दिनुपर्ने जिल्ला अदालतको फैसला उच्चबाट पनि सदर

२७ भाद्र २०८१, बिहीबार १३:२५
नेपालगञ्ज : बिरामीको उपचारमा अस्पतालको लापरवाही भएको ठहर गर्दै उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले जिल्ला अदालत बाँकेको फैसलालाई सदर गरिदिएको छ । सो फैसलासंगै मृतकका परिवारलाई २६ लाख १० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने भन्ने जिल्ला अदालतको फैसलालाई उच्चले सदर गरेको हो । नेपालगञ्ज–२ घरवारीटोलका मनितलाल श्रेष्ठको उपचारका क्रममा नेपालगञ्ज मेडिकल […]