ढलको पानीले डुवानमा नेपालगन्जको कसगरटोल रमिते जनप्रतिनिधि

२१ माघ २०७४, आईतवार १८:२०
 

सदरलाइनडटकम
२१ माघ, नेपालगन्ज : ढल निकास र बाटो मर्मतको लागि पटक–पटक भन्दा पनि सनुवाई नभएपछि नेपालगन्ज उप–महानगरपालिका वडा नं. ११ कसगरटोलका स्थानीयबासी आफैले बनाएका छन् । सो टोलमा ढल निकासको व्यवस्था नहुँदा ढलको पानी स्थानीयको घरमा पस्दासमेत जन प्रतिनिधिले चासो नदिएपछि आजित भएर आफ्नो घर जाने बाटो आफै बनाएका हुन ।
ईदगाह रोड हुँदै त्रीभुवन चोक निस्कदै गर्दा श्रृष्टिहल जाने बाटोको उत्तरतर्फको बाटो हिलम्मे हुँदा पनि उप–महानगर र सम्बन्धित वडाका जनप्रतिनिधिले चासो नदिएको कारण स्थानीय आफैले ग्रावेलको व्यवस्था गर्नु परेको गुनासो अस्फाक जसगढ संघर्षले गरे ।
उनले भने–‘अहिले त यस्तो छ वर्षातको बेलामा झन कस्तो थियो होला आफै अनुमान लगाउन सक्नु हुन्छ । जनप्रतिनिधिको घर र उप–महानगरपालिका धाउदा–धाउदा कुनै सुनुवाई नभएपछि स्थानीय हामी सबैले पैसा उठाएर ग्रावेलको ब्यवस्था गरेका छौ ।’
उनले टोलमा स्थानीय कलिम खाँको शनिबार राती निधन भएपछि धार्मिक परम्परा अनुसार अन्तिम संस्कारको लागि शव निकाल्नको लागि बाटोको कारण कठिन भएकोले एविसि ईट्टा भट्टाका सञ्चालक सगिर जसगढलाई अनुरोध गरि आवश्यक ग्रावेल मागेर आफै हिड्न योग्य बनाउन थालेको बताए ।
त्रीभुवन चोकबाट ईदगाहसम्म उप–महानगरले निर्माण गरेको नाली थुनिएको कारण पुरा बजारको पानी आफ्नो घर अगाडि ताल परेको कारण आवत जावत गर्नसमेत असहज भएको मुस्लिम धर्म गुरु तथा स्थानीयबासी मौलाना अब्दुल जब्बार मञ्जरीले बताए । ‘बजारको सबै फोहर पानी घर अगाडि ताल पर्छ कसैले सुनवाई गर्दैन दिक्क भएर आफैले हिड्नको लागि बाटो बनाउन लाग्यौ’–उनले भने ।
नेपालगन्जको साविक वडानं. १५ को भट्टीटोलको भित्री बस्ती पर्ने सो कसगर टोल बजार क्षेत्रको फोहर पानीको कारण महामारी नै फैलने डर हुँदा पनि सुवनुवाई हुन सकेन होली भन्ने अब्दुल हनिफ नाउले दुखेसो पोखे । उनले भने–‘सारा बजारको फोहर पानी हाम्रो घर आगनमा ताल परेको छ । हमी यस्तो फोहरमा बस्न बाध्य छौ, पटक–पटक आवाज उठायौ केही भएन ।’
एडिबीको सहयोगमा नेपालगन्ज बजार क्षेत्रको दल निकासको लागि निर्माण गरेको नाला निर्माणकै बेलामा थुनिएको र पानीले निकास नपाएपछि सो पानी टोलमा पसेर तालिएको छ ।
यसैबीच वडा नं. ११ का वडा अध्यक्ष उज्ज्वल सिंह राठौरले बाटो निर्माणको लागि टेण्डर भईसकेको र टेण्डर भएको बाटोमा ग्रावेल राख्दा खर्चमात्रै हुने भएकोले वडाले केही नगरेको बताए । उनले कहिले टेण्डर भएको र कसले टेण्डर लिएको भन्नेबारे आफुलाई जानकारी नभएको बताए ।
उनले भने–‘आफु निर्वाचित भएर आए लगत्तै सबै भन्दा बढी सरसफाइकर्मी कसगर टोलमा खटाएको छु । फेरी टेण्डर भएको ठाँउमा ग्रावेल हाल्दा नोक्सान मात्र हुने भएकोले नहालेको हो । आशा गरौ टेण्डर लिनले यो समस्या हल हुने गरी चाँडै काम सुरु गर्छ ।’

    

Next Post

पाटेबाघ गणना गर्न राखिएको स्वचालित क्यामेरामा शिकारी कैद

२१ माघ २०७४, आईतवार १८:२०
२१ माघ नेपालगन्ज । पाटेबाघ गणना गर्न राखिएको स्वचालित क्यामेरामा माघको पहिलो सातातिर बाँके राष्ट्रिय निकुञ्जभित्र भरुवा बन्दुक बोकेका एक शिकारी कैद भए। निकुञ्जले गत पुस १९ गतेदेखि बाघ हिडडुल गर्ने सम्भावित स्थानमा ५० जोडी स्वचालित क्यामेरा जडान गरेको थियो। बाघ गणनामा खटिएको प्राविधिक टोलीले क्यामेराका फोटा हेर्दै जादाँ शिकारी […]