साताब्यापी मदन भण्डारी जन्मजयन्ती मनाईदै

२९ जेष्ठ २०७६, बुधबार १९:२१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : जनताको बहुदलिय जनबाद (जवज) का प्रतिपादक जननेता मदन भण्डारीको जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशन पाँच नंम्बर प्रदेश कमिटीले प्रदेश भरी विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।

फाउण्डेशनका प्रदेश न.५ प्रदेश कमिटीले बुधबार नेपालगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो । फाउण्डेशनका प्रदेश अध्यक्ष सूर्य ढकालले सम्मृद्ध नेपाल सुखी नेपाली विषयक खुल्ला निबन्ध प्रतियोगिता आयोजना गर्ने सो प्रतियोगितामा सहभागि हुनेले निबन्ध लेखेर असार ७ गतेसम्म आयोजकलाई बुझाउनु पर्ने, प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्वितिय हुनेले १५ हजार र तृतिय हुनेले १० हजार पुरस्कार पाउने जानकारी दिए ।


यसैगरी असार ९ गते प्रदेशका सबै जिल्लामा रक्तदान गर्ने, १० गते समाजबाद उन्मुख अर्थतन्त्र विषयक विचार गोष्ठी, ११ गते सबै जिल्लाका अस्पतालहरु सरसफाई गर्ने, १२ गते बुटवलमा प्रदेश स्तरिय विचार गोष्ठीका साथै जवजमा सोध गर्ने, विद्याबारिधि गर्ने र आठौं राष्ट्रिय खेलकुदमा पदक जित्ने र निबन्ध प्रतियोगिताका विजयीलाई सम्मान तथा पुरस्कार बितरण गर्ने कार्यक्रम तय गरिएको बताए ।

यसगरी प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्षलाई सघाउ पुराउने उदेश्यले १३ असारमा लुम्बिनी परिसरको सरसफाई गर्ने र १४ गते जननेता भण्डारीको जन्मदिनको दिनमा फाउण्डेशनको केन्द्रीय कार्यक्रममा सहभागि हुने जानकारी दिए ।

Next Post

जानकीमा स्वास्थ्यचौकीको सेवा विस्तार गर्न माग

२९ जेष्ठ २०७६, बुधबार १९:२१
सदरलाइनडटकम, जानकी (बाँके) : जानकी गाउँपालिका वडा नंं. ३ इन्द्रपुरस्थित स्वास्थ्य चौकीको भौतिक पूर्वाधार र सेवालाई थप विस्तार गरिनुपर्ने स्थानीयले माग गरेका छन् । जानकी गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा हातेमालो सञ्चार समूह बाँकेको सहजिकरणमा बिहीवार भएको स्वास्थ्यचौकीको सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाईमा सहभागीहरुले यस्तो माग गरेका हुन् । […]

सम्बन्धित