भलिबलमा विभागीय टिमकै अग्रता

९ बैशाख २०७६, सोमबार १५:२१
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लव पुरुष भलिबल सेमिफाइनलमा प्रवेश गरेका छन् । बाँकेको खजुरास्थित शुक्र भलिबल कोर्टमा जारी प्रतियोगितामा पुलिसले समूह ’ख’ को विजेता र एपीएफले उपविजेताको रुपमा अन्तिम चारको यात्रा तय गरेका हुन् ।
सोमवार भएको महिला पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फका खेलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रदेश विच प्रतिस्पर्धा भएको थियो । जसमा त्रिभुवन आर्मी क्लवले ३-० को सोझो सेटले आर्मी विजयी भएको छ । जसमा आर्मीले २५-१४, २५-१८, २५-११ अंक प्राप्त गरेको थियो । यस्तै दोश्रो खेलमा नेपाल एपिएफ र सुदुरपश्चिम विच प्रतिस्पर्धा भएको थियो । जसमा नेपाल एपिएफ क्लवले ३-० को सोझो सेटले सुदुरपश्चिमलाई पराजित गरेको छ ।
जसमा नेपाल एपिएफले २५(-२२, २५-१८, २५-१३ अंक प्राप्त गरि एपिएफ सेमि फाइनलमा प्रवेश गरेको छ । यस्तै सोमवार महिला भलिवल तर्फको खेलमा पहिलो प्रदेश नं. ३ र गण्डकी प्रदेश विच प्रतिस्पर्धा भएको थियो । जसमा प्रदेश नं. ३ ले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटले पराजित गरेको छ । जसमा २५-११, २५-१९, २५-१५ अंक ल्याएका थिए ।
यस्तै महिला तर्फकै दोश्रो खेलमा नेपाल एपिएफ क्लव र नेपाल पुलिस क्लव विच प्रतिस्पर्धा भएको थियो । जसमा एपिएफ क्लवले पुलिसलाई ३-० को सोझो सेटले हराएको छ । जसमा २५-१८, २५-१६, २५-१७ अंक प्राप्त गरेका थिए । मंगलवार सेमिफाइनल प्रतियोगिता हुने आयोजकले जनाएको छ । महिला पुरुष भलिवल प्रतियोगितामा १०/१० टिम सहभागिता रहेका थिए । खेल बैशाख ४ गतेदेखि सञ्चालन भएको मुख्य प्रशिक्षक सलिना श्रेष्ठले जानकारी दिए ।

Next Post

नरैनापुरमा विद्यार्थी भर्ना अभियान तीब्र

९ बैशाख २०७६, सोमबार १५:२१
सदरलाइनडटकम, नरैनापुर (बाँके) : धेरै विद्यार्थी विद्यालय बाहिर रहेको बाँकेको नरैनापुर गाउँपालिकामा विद्यार्थी भर्ना अभियानलाई तिब्रता दिइएको छ । बैशाख २ गतेदेखि चलेको भर्ना अभियानका क्रममा घरघर र टोलटोलमा पुगेर भर्ना अभियानलाई तिब्रता दिइएको हो । शिक्षकहरुले घरदैलो कार्यक्रम गरिरहेको र गाउँपालिकाले टोलटोलमा पुगेर अभिभावकहरुलाई सचेत बनाउने काम गरिरहेको प्रमुख […]