आशिर्वाद पेन्ट्सका तीन नयाँ उत्पादन बजारमा

१५ बैशाख २०७६, आईतवार ०७:०८
 

सदरलाइनडटकम,
नेपालगञ्ज   : आशिर्वाद पेन्ट्स प्रालिले थप ३ वटा नयाँ उत्पादन वजारमा ल्याएको छ । अन्र्तराष्ट्रिय स्तरको मापदण्ड अनुसार अत्याधुनिक प्रविधिबाट उत्पादन गरिएको वातावरणमैत्री ती ३ उत्पादनलाई एक कार्यक्रमका विच सार्वजनिक गरीएको हो ।

नेपालगन्जमा आयोजित एक कार्यक्रममा ती उत्पादनको नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले सार्वजनिक गर्दै स्वदेशी उत्पादनको प्रयोग वढाउनुपर्नेमा जोड दिए ।

अर्शिबाद पेन्टस नेपालगञ्जबाट उत्पादन हुदै आएको पेन्टस हो । भारतीय आयातलाई रोक्नका लागि यस्ता स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ ।


२०६९ सालमा नेपालगञ्जबाट उत्पादन थालिएको आर्शिवाद पेन्टस्ले अहिले देशभर ४ सय ११ वटा डिलर विस्तार गरि सकेको छ । महेन्द्रनगरदेखि पोखरासम्म डिलरहरु सञ्चालनमा आएको बताउँदै प्रालिका अध्यक्ष किरण कार्कीले पुर्वी जिल्लामा समेत विस्तारको काम भइरहेको जानकारी दिए ।

उनका अनुसार अहिले उद्योगले २४ प्रकारका रंगहरु विक्रि गरिरहेको छ । नेपालगञ्जको औद्यौगिक क्षेत्रमा ३ करोडको लगानीमा सुरु गरिएको उद्योगमा अहिले ९ करोडको लगानी पुगेको छ । स्वदेशमा उत्पादित गुणस्तर भएको रंग देशभरी पु¥याउने उद्देश्यले काम गरिरहेको प्रालिले जनाएको छ ।

Next Post

कक्षा १२ को परीक्षामा चार लाख परीक्षार्थी सहभागी

१५ बैशाख २०७६, आईतवार ०७:०८
सदरलाइनडटकम, काठमाण्डौ : कक्षा १२ को परीक्षा आइतवारदेखि देशभर शुरु भएको छ । परीक्षामा देशभरका एक हजार १०७ परीक्षाकेन्द्रबाट चार लाख २८ हजार ५२ परीक्षार्थी सहभागी भएका छन्। परीक्षा बिहान सातदेखि १० बजेसम्म सञ्चालित हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार उक्त परीक्षामा सबैभन्दा बढी परीक्षार्थी काठमाण्डौबाट र सबैभन्दा कम मनाङ […]