सामुहिक यौनसम्पर्क राख्ने राजकुमारी पक्राउ

२८ जेष्ठ २०७६, मंगलवार १८:५४
 

सदरलाइनडटकम,
काठमाण्डौ : सात जना युरोपेली युवासँग एकैसाथ यौनसम्पर्क राख्ने कतारकी राजकुमारीलाई होटलमा छापा हानेर रङ्गेहात पक्राउ गरिएको थियो । प्रकाउ परेपछि राजकुमारी शेख सल्वाले आफनो उद्देश्य बेलायतको कानुनको उल्लघन गर्न र कतारको इज्जत फाल्न नभएको बताएकी छन् । राजकुमारी सल्वा लण्डनको एउटा होटलमा ७ जनासँग शारीरिक सम्बन्ध राख्दै गर्दा रंगेहात पक्राउ परेकी थिइन् ।
बेलायती सञ्चारमाध्यहरुका अनुसार यो खबर सार्बजनिक नगर्न कतारी दूतावासले ५० करोड युरोको प्रस्ताव गरेको थियो । तर, एक अखबार फाइनेन्सियल टाइम्सले रकम अस्वीकार गरी खबर छाप्ने निर्णय गरेपछि यो घटना बाहिरिएको हो । ब्रिटेन र स्कटल्याण्डका सुरक्षा एजेन्सीको संयुक्त टोलीले राजकुमारीलाई ७ जनासँग होटलमा यौनसम्पर्क गर्दागर्दै रंगेहात नियन्त्रणमा लिएको जनाईएको छ ।
प्रहरीले राजकुमारी बसेको होटेलमा केही संदिग्ध व्यक्तिलाई देखेपछि होटेलमा छापा मारेको थियो । बेलायती कानूनले आपराधिक गतिविधिमा संलग्न व्यक्तिसँग शारीरिक सम्पर्क राख्नु गैरकानूनी कार्य भनेको छ । राजकुमारी शेखले गैरकानुनी कार्य गरेपनि उनले डिप्लोम्याटिक पासपोर्ट बोकेका कारण कारबाही गर्न नसकिने एक प्रहरीले बताएका छन् ।
पूर्वप्रधानमन्त्री हमद बिन जसीम बिन जबोर अल थानीकी छोरी एवं कतारकी राजाकी सौतेनी बहिनी राजकुमारी शेखले मध्यस्थकर्तामार्फत सात युरोपेली युवकसँग सम्पर्क गरी सम्बन्ध राखेको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् ।
(एजेन्सी)

Next Post

ट्रिपरको ठक्करबाट पत्रकार गेलाङको मृत्यु

२८ जेष्ठ २०७६, मंगलवार १८:५४
सदरलाइनडटकम, सुर्खेत : सुर्खेतमा ट्रिपरको ठक्करबाट पत्रकारको मृत्यु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका ८ को लोदेमा टिपरको ठक्करबाट सुर्खेत पहिचान दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव नन्दु गेलाङको घटनास्थलमै मृत्यु भएको सुर्खेत जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । रुकुम पश्चिमकबाट सुर्खेततर्फ आउँदै […]

सम्बन्धित