सदरलाइनडटकम,
सुर्खेत : सुर्खेतमा ट्रिपरको ठक्करबाट पत्रकारको मृत्यु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका ८ को लोदेमा टिपरको ठक्करबाट सुर्खेत पहिचान दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव नन्दु गेलाङको घटनास्थलमै मृत्यु भएको सुर्खेत जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।
रुकुम पश्चिमकबाट सुर्खेततर्फ आउँदै गरेको बा ५ ख १६८३ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आइरहेको पत्रकार गेलाङ सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकलालई ठक्कर दिँदा गेलाङको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रिपर चालक फरार रहेकाले खोजी भईरहेको प्रहरीले जनाएको छ ।
