पाँच लाख दिने सहमतिमा शव उठाइयो

२७ जेष्ठ २०७६, सोमबार १८:४६
 

सदरलाइनडटकम,
सल्यान : करेन्ट लागेर मृत्यु भएपछि ५ लाख दिने सहमतिमा शव उठाइएको छ । सल्यानमा करेन्ट लागेर महिलाको मृत्यु भएपछि पाँच लाख क्षतिपूर्ति दिने सहमति भएको छ । बागचौर नगरपालिका वडा नं. २ शेराचौरकी ३७ बर्षीया भूमी वलीको करेन्ट लागेर मृत्यु भएपछि विद्युत प्राधिकरण सल्यानले प्रचलित नियमअनुसार ५ लाख दिने सहमति गरेको हो ।
ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख एवं प्रहरी निरीक्षक लिलाभक्त बादेले सोमवार विहान घाँस काट्न गएकी वलीको खेतमा करेन्ट लागेर मृत्यु भएको अवस्थामा शव फेला परेको बताए । शव भेटिएको स्थानमा नाङ्गो तार भुईसम्म लत्तिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।
विद्युत कार्यालयको कमजोरीका कारण करेन्ट लागेर वलीको मृत्यु भएको हुँदा क्षतिपूर्ति नपाउँदासम्म शव नउठाउने मृतकका आफन्तले अडान लिएका थिए । त्यसपछि विद्युत प्राधिकरण र पीडित पक्षका बीचमा छलफल हुँदा पाँच लाख रुपैयाँ क्षतिपूर्तिबापत उपलब्ध गराउने सहमति भएको थियो ।

Next Post

छोरीलाई बलात्कारको आरोपमा उपसचिव पक्राउ

२७ जेष्ठ २०७६, सोमबार १८:४६
सदरलाइनडटकम, काठमाण्डौ : छोरीमाथि बलात्कार गरेको आरोपमा नेपाल सरकारका उपसचिव पक्राउ परेका छन् । पीडितको परिचय खुल्ने भएकाले आरोपितको नाम पनि प्रहरीले गोप्य राखेको छ । ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय कर्मचारीले १८ वर्षीया छोरीलाई आमा नभएको वेलामा बलात्कार गर्ने गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ । ललितपुर प्रहरी […]