सदरलाइनडटकम,
बीरगन्ज : अवैधरुपमा हुण्डी कारोबार गरेको आरोपमा वीरगन्जमा दुई भारतीयसहित पक्राउ परेका पाँचजनालाई पर्सा प्रहरीले सोमवार सार्वजनिक गरेको छ ।
हुण्डीमार्फत अवैधरुपमा वित्तीय कारोबार गरेको आरोपमा पक्राउ परेका पर्साका पवनकुमार गुप्ता, अजय मानन्धर, अजय जैसवाल र भारत विहारका शाबिर मियाँ र अशोक श्रीवास्तवलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
उनीहरुको साथबाट ५४ लाख ९६ हजार रुपैयाँ नगद, चारथान मोबाइल, डायरी र अन्य कागजात बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सत्यनारायण थापाले बताए । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाइने प्रहरी कार्यालयले जनाएको छ ।
