भारतीय मुद्रण उद्योगीको टोली नेपालगञ्जमा

१९ कार्तिक २०७६, मंगलवार १७:५५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : भारतीय मुद्रण उद्योग व्यवसायीहरुको टोली नेपाल भ्रमणका क्रममा नेपालगञ्ज पुगेको छ । नेपाल मुद्रण उद्योग संघ बाँकेको संयोजन तथा नेपाल मुद्रण उद्योग महासंघकी केन्द्रीय सदस्य मीना सुवेदी ढकालको अग्रसरतामा उक्त टोलीलाई नेपालगञ्जमा भव्य स्वागत गरिएको छ ।
नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय तथा अल इण्डिया फेडेरेशन अफ माष्टर प्रिन्टर्सका पूर्व अध्यक्ष एवं पामेक्सका अध्यक्ष प्रोफेसर कमल चोपराको नेतृत्वमा धनगढीबाट काठमाण्डौ जान लागेको टोली यात्राका क्रममा नेपालगञ्ज पुगेको महासंघका केन्द्रीय सदस्य ढकालले बताइन् ।
उक्त अवसरमा प्रोफेसर चोपराले भारतको मुम्बईमा सन् २०२० जनवरी ६ देखि शुरु हुने अन्तर्राष्ट्रिय प्रिण्टिङ मेला तथा एलाइड मेशिनरी इण्डष्ट्रीजको प्रदर्शनीको प्रवद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल भ्रमणमा आएको जानकारी दिए ।
महासंघकी केन्द्रीय सदस्य ढकालले उक्त प्रदर्शनीमा सहभागी भएर व्यावसायिक फाइदा उठाउन नेपालका मुद्रण व्यवसायीहरुलाई आग्रह गरिन् । कार्यक्रममा ढकाल र नेपाल मुद्रण उद्योग संघकी अध्यक्ष कुसुम बस्नेतले भारतीय टोलीलाई खादा ओढाएर स्वागत गरेका थिए ।
सो अवसरमा महासंघका केन्द्रीय सदस्य तपेन्द्र विक्रम शाह, महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष मेघराज ओली, संघका वरिष्ठ सदस्य पूर्णलाल चुकेलगायत बाँकेका करीब दुई दर्जन मुद्रण व्यवसायीहरुको सहभागिता थियो ।

Next Post

घरको छत भत्किँदा एकको मृत्यु, दुई सिकिस्त

१९ कार्तिक २०७६, मंगलवार १७:५५
सदरलाइनडटकम, बर्दिया : बर्दियामा निर्माणाधीन एक घरको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गुलरिया नगरपालिका वडा नम्बर ६ मा निर्माण हुन लागेको दुर्गा गेष्ट हाउसको छत बुधवार विहान भत्किँदा गेष्ट हाउसका मालिक ६० वर्षीय भवी पौडेलको मृत्यु भएको हो । यस्तै बढैयाताल […]