भारतसँग वार्ता गर्न पाकिस्तानको प्रस्ताव

२५ जेष्ठ २०७६, शनिबार १५:५०
 

सदरलाइनडटकम,
काठमाण्डौ : पाकिस्तानले कश्मिरलगायतका विवादित विषयमा वार्ता गर्न भारतसमक्ष प्रस्ताव गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पत्र लेख्दै वार्ताको प्रस्ताव गरेका हुन् ।
खानले मोदीलाई पठाएको पत्रमा कश्मिर मुद्दालगायतका सबै समस्या समाधानका लागि वार्ता गर्न चाहेको उल्लेख छ । मोदीलाई दोस्रो कार्यकालका लागि बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्री खानले दुई देशबीचको वार्ता नै दुवै देशका जनतालाई गरिबीबाट मुक्त पार्ने एकमात्र उपाय भएको बताएका छन् ।
क्षेत्रीय विकासका लागि मिलेर काम गर्नु आवश्यक रहेको उनको भनाई छ । मोदी भारतमा पुनः प्रधानमन्त्री भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुवै देशका नागरिकको हितका लागि वार्ताको आकांक्षा राखेको यो दोस्रो पटक हो । यद्यपि भारतले अहिलेसम्म इमरान खानको पत्रको जवाफ दिएको छैन ।
(एजेन्सी)

Next Post

जानकीमा बञ्चरो प्रहार गरी पत्निको हत्या प्रयास

२५ जेष्ठ २०७६, शनिबार १५:५०
सदरलाइनडटकम, जानकी (बाँके) : आफ्नै श्रीमानले प्रहार गरेको बञ्चरोले बाँकेमा एक महिला घाइते भएकी छन् । नेपालगञ्ज उपमहानगरपालिकाकासँग जोडिएको जानकी गाउँपालिका वडा नं. ३ मानपुरका ५९ बर्षीय पञ्चराम हरिजनले आफ्नी ४५ बर्षीया श्रीमती कप्तरा हरिजनमाथि बञ्चरो प्रहार गरी घाइते बनाएका हुन् । शनिवार बिहान ९ बजे श्रीमती कप्तरालाई बञ्चरो प्रहार […]