जयसपुरका ५१ मुस्लिम युवा एकीकृत राप्रपा राष्ट्रबादीमा

२३ चैत्र २०७३, बुधबार १८:३०
 

सदरलाइनडटकम  
२३ चैत, नेपालगन्ज : स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा रहेका राजनीतिक दलहरु युवालाई आ–आफ्नो पार्टीमा प्रवेश गराउनेको घुईचो लाग्ने गरेको छ । यसक्रममा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का केन्द्रीय सदस्यहरुको पहलमा बुधबार स्थानीय जयसपुरका युवाहरुको भेलाले ५१ जनाको राष्ट्रिय प्रजातन्त्र युवक संगठन गठन गरिएको छ ।
एराप्रपा (राष्ट्रवादी) का केन्द्रीय सदस्यहरु कृष्णप्रसाद खरेल, उदयसिंह श्रेष्ठ, कौशल आचार्य र तेज नारायण कँडेलको अगुवाईमा मुस्लिम बाहुल्याता रहेको नेपालगन्जको जयसपुर क्षेत्रका युवाहरु स्वस्फुर्त रुपमा एराप्रपा (राष्ट्रवादी) को कार्यालयमा आई पार्टी प्रवेश गर्नुको साथै सराफत अन्सारीको अध्यक्षतामा ५१ सदस्यको राष्ट्रिय युवक संगठन गठन गरिएको जनाईएकोे छ । बुधबार गठन गरिएको राष्ट्रिय प्रजातन्त्र युवक संगठन जयसपुरका ५१ जनालाई केन्द्रीय सदस्यहरु खरेल, श्रेष्ठ, आचार्य र कँडेलले अबिर लगाई स्वागत तथा बधाई दिएका थिए ।
यसैगरी बैशाख ३१ मा हुने स्थानीय निर्वाचनमा एराप्रपा (राष्ट्रवादी)को तर्फबाट मेयर पदबाट उम्मेदवारी दिने केन्द्रीय सदस्य खरेललाई जयसपुरका बासिन्दाहरुले खुला रुपमा सहयोग गर्न लगाउने कुरामा समेत राष्ट्रिय प्रजातन्त्र युवक संगठन जयसपुरले प्रतिबद्धता जाहेर गरेको दावी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यथास्थितिमा चुनाव राजविराज घटनाको पुनराबृत्तिको षडयन्त्र

२३ चैत्र २०७३, बुधबार १८:३०
सदरलाइनडटकम   २३ चैत, काठमाडौ : तराई मधेसका २३ जातीय संगठनहरुले मधेसी जनताको मागलाई संबोधन नगरी यथास्थितिमा स्थानीय तहको निर्वाचन गराउन खोज्नु राजविराज घटनाको पुनराबृत्तिको षडयन्त्र भएको दावी गरेका छन । सरकार, प्रमुख दल र आन्दोलनरत समूहसँग समन्वय गर्ने मञ्चको रुपमा स्थापित मधेसी जातीय समन्वय समाजले बुधवार रिपोर्टर्स क्लब नेपालमा […]

सम्बन्धित