सदरलाइनडटकम,
बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका जिगाउँका तीन बालक एकसातादेखि सम्पर्कविहीन छन् । घरबाट निस्किएका सन्तान लामो समयसम्म घरमा नफर्केपछि परिवारमा रुवाबासी चलेको छ । जि गाउँका १० बर्षीय सन्दिप विक, १२ बर्षीय राहुल विक र १५ बर्षीय प्रदिप थापा अघिल्लो आईतवारदेखि सम्पर्कविहीन भएका हुन् ।
घरबाट नेपालगञ्ज हिँडेका तीनैजना हराएपछि आफन्तहरु खोजीमा भौतारिरहेका छन् । राहुलकी ठुलीआमा लिला विकले बालबालिकाहरुको खोजीमा सीमावर्ती भारतीय बजार बहराईचसम्म पुगेर फर्किएको बताइन् ।
प्रभात मावि जि गाउँमा अध्ययनरत ति बालकहरु यसअघि घर छोडेर कहीँ गएका थिएनन् । बालकको खोजीका लागि सीमास्थित जमुनाह नाकामा सिसिटिभी फुटेजसमेत हेरिसकेका आफन्तले प्रहरीलाई सक्रियताका साथ खोजीदिनका लागि आग्रह गरेका छन् ।
