नरैनापुरमा प्रहरी नियन्त्रणमा रहेका यादबकाे रहस्यमय मृत्युु

सदरलाइन संवाददाता ४ जेष्ठ २०७९, बुधबार २१:२६
 

नरैनापुर (बाँके) : बाँकेको नरैनापुरमा प्रहरी नियन्त्रणमा रहेका व्यक्तिको निधन भएकाे छ । नरेनापुर-५ मटेहियाका  ३५ वर्षिय रामपाल यादवकाे प्रहरी कस्टडीमा रहेकैबेलामा मृत्युु भएकाे हाे ।

मृतक यादवलाई बलात्कारको आराेपमा प्रहरीले गएराती १ बजे नियन्त्रणमा लिएको थियाे । स्थानीयले प्रहरीले नियन्त्रणमा लिएर मृतक यादबलाई कुटेर हत्या गरेकाे आराेप लगाएका छन।


ईलाका प्रहरी कार्यालय भाेजपुरका ईन्चार्ज प्रहरी निरिक्षक बिरबहादुर सुनारले आराेपी यादवलाई  मेडिकल गर्न लक्षमपुर स्वास्थ केन्द्रमा लगेकाे सामान्य रहेका्े बताएपछि  ईप्रका ल्याईयकाे बताय । उनले स्थानीयले लखेट्ने क्रममा यादवलाई चाेट लागेको हुनसक्ने बताउदै प्रहरीले कुटपिट नगरेको  बताए ।   बिहानपख मृतकले अप्रत्याशित व्यवहार  देखायपछि भेरी अस्पताल पुराउदा मृत्यु घाेषणा भएकाे हाे ।

 जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसूदन न्याैपानेले  प्रहरी नियन्त्रणमा रहेका यादव लाई उपचारकाे लागि अस्पताल लैजादै गर्दा मृत्युु भएकाे बताए । उनले आबश्यक अनुसन्धान सुरु गरिएकाे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोल्पा कारागारमा कैदी झुण्डिएको अवस्थामा फेला

४ जेष्ठ २०७९, बुधबार २१:२६
नेपालगञ्ज : रोल्पा जिल्ला कारागारमा बुधवार राति एक पुरुष कैदी झुण्डिएको अवस्थामा भेटिएका छन् । सुर्खेतको बराहताल गाँउपालिका–१ घोडा आँखेका २७ वर्षीय विजयविक्रम शाह कारागारको शौचालयमा गलबन्दीको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए । शौचालय बन्द रहेको जानकारी पाएपछि प्रहरीले […]