चिसोका कारण बाँकेका सामुदायिक विद्यालय बन्द

सदरलाइन संवाददाता २१ पुष २०७८, बुधबार १२:१०
 

नेपालगञ्ज : चिसो अत्याधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण बालबालिकाहरु विरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो ।

सरकारी विद्यालय बन्द गरिएपनि निजी विद्यालयहरु भने बन्द गरिएको छैन् । कठ्याँग्रिदो चिसोमा समेत निजी विद्यालयहरुले बालबालिकाको स्वास्थ्यसँग खेलवाड गरिरहेका छन् ।

एकजना अभिभावकका अनुसार चिसोले बालबालिका लुकलुक काम्दै विद्यालय जान बाध्य भएका छन् । पछिल्लो सातादेखि बाँकेमा अत्यधिक चिसो बढेको छ । जसका कारण विद्यालयमा पढन आएका बालबालिकाहरु विरामी पर्न थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रामसुरेश यादवले जानकारी दिए ।

उनका अनुसार पालिकाहरुले विद्यालय बन्दका आ–आफ्नै मापदण्ड तय गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका भित्रका बालविकास र १ देखि कक्षा ५ सम्मको पढाइ आजदेखि तीन दिनका लागि बन्द गरिएको छ ।


बढ्दो चिसोको जोखिमलाई मध्यनजर गर्दै तल्लो तहमा अध्ययनरत साना बालबालिकाहरुको स्वास्थ्यलाई ध्यानमा राखी बाल विकास र कक्षा १ देखि ५ सम्मको कक्षा सञ्चालन बन्द गरिएको उपमहानगरपालिकाको शिक्षा महाशाखाका शाखा अधिकृत लोकेन्द्र बहादुर शाहीले जानकारी दिए ।

अन्य पालिकाहरुखजुरा र नरैनापुरमा भने सबै विद्यालय बन्द गरिएका छन् । ति विद्यालयपनि तीन दिनकै लागि बन्द गरिएको यादवले बताए । नेपालगञ्जमा चिसोमा अधिक चिसो र गर्मीमा अधिक गर्मी हुने गर्छ ।

नेपालगञ्जको न्यूनतम तापक्रम ९–१० डिग्रीमा झरेको छ । बाक्लो हुस्सु र शितलहरका कारण चिसो अत्यधिक बढ्दा मानिसहरुको दैनिकी कष्टकर बन्दै गएको छ । नेपालगञ्जको राँझा विमानस्थलबाट हुने उडानहरु प्रभावित हुँदै आएका छन् ।

बाक्लो हुस्सुका कारण सवारीसाधन दिउँसै हेडलाइट बालेर चलाउनु परेको चालकहरु बताउँछन् । नेपालगञ्ज, कोहलपुरलगायतका प्रमुख बजार क्षेत्रमा मानिसहरुको चहलपहल पातलिएको छ । चोक तथा गल्लीहरुमा आगो तापेर मानिसहरु चिसो छल्ने प्रयास गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली काँग्रेस जिल्ला अधिवेशन गौडेल समूह नरैनापुरमा

२१ पुष २०७८, बुधबार १२:१०
नरैनापुर (बाँके) :  नेपाली कांग्रेस बाँकेको सभापति पदका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले क्षेत्रीय प्रतिनिधिहरुलाई भेट्ने क्रममा नरैनापुर पुगेर आफुलाई नेतृत्वमा पुराउन साथ र सहयोगको लागि अपिल गरेको छ । नरैनापुर–३ कालाफाँटामा आयोजित एक कार्यक्रममा गौडेल समूहले आफ्नो समूहलाई जिताउन क्षेत्रीय प्रतिनिधिहरुसंग आग्रह गरेको थियो । गाउँपालिका सभापति मेराज खाँ र […]