‘संविधानले सबै धर्म, सम्प्रदाय र संस्कृतीको संरक्षण गर्छ’

२१ जेष्ठ २०७६, मंगलवार २३:२४
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  राष्ट्रपति विद्यादेवि भण्डारीले नेपालको संविधानले सबै धर्म र सम्प्रदाय र संस्कृतीको संरक्षण गर्ने उद्देश्य लिएको बताएकी छन् ।
मुस्लिम समाज बाँकेले मंगलबार साँझ नेपालगन्जमा आयोजना गरेको पवित्र महिना रमजानुल मुबारकको अवसरमा ‘रोजा ईफ्तार’ कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन ।
राष्ट्रपति भण्डारीले रमजानुल मुबारकको अवसरमा सबै समुदायका नेपालीहरुको बीच राष्ट्रिय एकता संहिष्णुता र सद्भाव कायम गरी सम्बृद्ध र विकशित समाज निर्माण गर्न पे्ररणा प्रदान गर्ने कुरामा विश्वास ब्यक्त गरिन ।
उनले सरकारले मुस्लिम समुदाय र संस्कृतिको उन्नयनको लागि मुस्लिम आयोगको गठन गरेकोमा प्रशन्नता र खुसी ब्यक्त गरिन । उनले मुस्लिम समुदायले उठाएका अनुरोध प्रत्र प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताईन ।
एक महिना लामो कठोर ब्रत बसेर आत्म शुद्धिकरण गर्दै आफन्तहरुबीच खुसि साटासाट गर्दै मनाईने ईस्लाम धर्मावलम्बीको बिशिष्ठ पर्व भएकोले नेपाली मुसलमान समुदायमा
सामाजिक सदभाव तथा देशभक्ति उत्तरदयित्व निर्वाह गर्ने कुरा प्रति आफुप्रभावित भएको भन्दै यी सबै कुरा एकमहिना लामो ब्रत उपबासले शक्ति दिएको आफुले विश्वास लिएको कुरामा जोड दिईन । मुस्लिम समाज बाँकेका अध्यक्ष अब्दुल वाहीद मन्सुरी चुन्नाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल सरकारका शहरी विकास मन्त्री मो ईस्तियाक राई, तथा स्थानीय मुस्लिम अगुवा मो हारुन, अतहर हुसेन फारुकीलगायतले शुभकामना ब्यक्त गरेका थिए ।


 

Next Post

हर्षोल्लासका साथ आज इद–उल–फित्र मनाईंदै

२१ जेष्ठ २०७६, मंगलवार २३:२४
सदरलाइनडटकम, नेपालगञ्ज : इस्लाम धर्मावलम्बीहरुले हर्षोल्लासका साथ बुधवार इद–उल–फित्र मनाउँदैछन् । इस्लाम धर्मावलम्बीको महान चाड इद–उल–फित्रका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलगायत अन्य दलका नेताहरुले शुभकामना दिएका छन् । यसैबीच सरकारले इस्लाम समुदायको पर्व इदको अवसरमा बुधवार सार्वजनिक बिदासमेत दिएको छ । गृह मन्त्रालयले मंगलवार विज्ञप्ति जारी गर्दै […]