लुम्बिनी प्रदेश सरकारले सञ्चार माध्यमको संरक्षण र विकासका लागि उपयुक्त निकास निकाल्छ : मुख्यमन्त्री आचार्य

सदरलाइन संवाददाता ७ आश्विन २०८१, सोमबार १७:३९
 

 

देउखुरी (दाङ) : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार माध्यमको संरक्षण र विकासका लागि प्रदेश सरकारले उपयुक्त निकास निकाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सञ्चार क्षेत्रमा देखिएका समस्या अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदन २०८१ बुझ्दै मुख्यमन्त्री आचार्यले सञ्चार माध्यमको संरक्षण, विकास र सवलिकरणमा प्रदेश सरकारले नीतिगत सुधार गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन । सञ्चार समन्वय परिषद्का अध्यक्ष यमबहादुर गाहा नेतृत्वमा कार्यदल गठन भएको थियो ।

यो कार्यदलले चालु आर्थिक बर्षमा प्रदेश सरकारले मिडिया क्षेत्रमा विनियोजन गरेको विभिन्न शिर्षकका बजेटहरुको अध्ययन गरेको थियो । बजेट निर्माण र कार्यान्वयनलाई एकद्वार प्रणालिबाट अघि बढाउने गरी सुझाव सहितको प्रतिवेदन बुझाइएको हो ।

कार्यदलका संयोजक तथा सञ्चार समन्वय परिषदका अध्यक्ष गाहा सहित कार्यदलका सदस्यहरुले मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र बुझाएका हुन । कार्यदलले प्रतिवेदन बुझाउनु अघि मुख्यमन्त्री आचार्यसहित प्रमुख सचिव महादेव पन्थ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रेखा कँडेलसंग छलफल गरेको थियो ।


प्रतिवेदन बुझाउदै सञ्चार समन्वय परिषद्का अध्यक्ष गाहाले सञ्चार व्यवस्थापनलाई बलियो बनाउन प्रदेश सरकारले ध्यान दिनुपर्ने, एकद्वार प्रणालिबाट बजेट विनियोजन गर्ने, कार्यान्वयन गर्ने परिपाटीको विकास गर्न आग्रह गर्दै सञ्चारलाई बलियो बनाउन सके प्रदेश बलियो हुने धारणा राखे ।

राष्ट्रिय समाचार समितिका पूर्व केन्द्रिय अध्यक्ष तथा पत्रकार डा.बालकृष्ण चापागाईले विज्ञापन नीतिमा परिवर्तन नल्याउदासम्म सञ्चार माध्यम बलियो हुन नसक्ने भएकाले विज्ञापन नीति परिवर्तन गर्न माग राखे । सरकारले मुल सञ्चारका माध्यमसम्म बजेट पु¥याउन नसकेको समेत बताए ।

प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुवँरले व्यक्तिगत पहुँचको आधारमा हुने बजेट बाँडफाँडलाई निरुत्साहित गर्न आग्रह गर्दै कार्यदलले बुझाएको प्रतिवेदन पूर्ण कार्यान्वयन गर्न माग राखे । मन्त्रीस्तरीय बैठकबाट कार्यदल गठन भएको र यसले सुझाएका सुझावहरुलाई पालना गर्न आग्रह गरे । सञ्चारको बजेट समानुपातिक वितरण, लोक कल्याणकारी विज्ञापनको बजेटलाई बढाउनु पर्ने, सञ्चार समन्वय परिषद्लाई बलियो बनाउनुपर्ने उनको भनाई थियो ।

पत्रकार तथा कार्यदल सदस्य दिनेश पाण्डेले प्रतिवेदनको पूर्ण कार्यान्वयन गरेर मिडिया क्षेत्रलाई बलियो बनाउन आग्रह गरेका थिए । प्रतिवेदन बुझाउने कार्यक्रममा सञ्चार समन्वय परिषद्का अध्यक्ष गाहा, सदस्यहरु नवराज कुँवर, नरेश केसी, बालकृष्ण चापागाई, भरत केसी, दिनेश पाण्डे, गौतम भुसाल, दिपक घिमिरे, प्रदिप आचार्य, टिका बस्नेत, राजु खराल, चिन्ता परियार लगायत पत्रकाहरु सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अव्यवस्थित र समस्याग्रस्त राजधानी शहर चाहिएको छैनः संस्थापक मुख्यमन्त्री पोख्रेल

७ आश्विन २०८१, सोमबार १७:३९
देउखुरी (दाङ्) : लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा एमाले महासचिव शंकर पोख्रेलले प्रदेश राजधानी व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी सरकारको मात्रै नभएर राजधानी क्षेत्रका स्थानीय बासिन्दाहरुको रहनुपर्ने बताएका छन् । ‘राजधानी व्यवस्थित गर्ने जिम्मेवारी राजधानी बासिको पनि हो । भविस्यका पुस्तालाई सुविधायुक्त जीवन र सुविधा सम्पन्न शहर सुम्पिने दायित्व सबैको रहन्छ’–संस्थापक […]