नेपालगञ्जमा एक युवकद्वारा आफ्नै घाँटीमा चक्कु प्रहार

सदरलाइन संवाददाता २१ चैत्र २०७८, सोमबार १६:०४
 

नेपालगञ्ज : नेपालगञ्जमा एक युवकले आत्माहत्याको प्रयास गरेका छन् । दैलेख जिल्ला दुल्लु नगरपालिका वडा नंं.२ डाँडामाढी गाउँका ४० वर्षीय राजु परियारले आफ्नो घाँटीमा आफैले चक्कु प्रहार गरी आत्माहत्याको प्रयास गरेका हुन् ।

चक्कु प्रहारपछि घाईते परियारलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा पुर्याइएको प्रहरीले जानकारी दिएको छ ।


प्रहरीका अनुसार, परियार नेपालगञ्ज नाका हुँदै रोजगारीका लागि भारत जाने क्रममा नेपालगञ्जको बसपार्क क्षेत्रको होटेलमा बास बसेका थिए ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नियन्त्रण बाहिर बर्डफलू, लकडाउनको तयारीमा विभाग

२१ चैत्र २०७८, सोमबार १६:०४
काडमाडौं :  कुखुराको संक्रामक रोग बर्डफ्लू नियन्त्रण वाहिर गएको सरकारी अधिकारीले बताएका छन् । संक्रमण बढेपछि पशु सेवा विभागले लकडाउनको तयारी गरेको छ । भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाले सोमबार काठमाडौंमा आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा पशु सेवा विभागका महानिर्देश डा .राम नन्दन तिवारीले बर्डफ्लू संक्रमण नियन्त्रण बाहिर गएको […]

सम्बन्धित