कारवाहीको माग गर्दै नेपालगञ्जमा प्रदर्शन

३ बैशाख २०७६, मंगलवार १५:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० भृकुटीनगरकी १९ बर्षीय स्वस्तिका लिम्बुको हत्यारालाई कारवाहीको माग गर्दै मंगलवार नेपालगञ्जमा प्रदर्शन गरिएको छ । करीब ६ महिनाअघि प्रेमविवाह गरेकी स्वस्तिकाको मृत्यु रहस्यमय भएको भन्दै परिवारले हत्यारामाथि कारवाहीको माग गर्दै माइती पक्षले नेपालगञ्जमा प्रदर्शन गरेका हो ।
उनीहरुले धम्बोझी चोकदेखि खजुरा रोडस्थित जिल्ला प्रहरी कार्यालयसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनमा करीब पाँच सय जनाको सहभागिता थियो । लिम्वु आइतवार घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । मुकेश भन्ने आयुष बुढाक्षेत्रीसँग प्रेमविवाह गरेकी लिम्बुको श्रीमानले नै हत्या गरेको माइती पक्षको आरोप छ ।
लिम्बुको शरीरमा कुटपिटको नीलडाम देखिएको दाबी गर्दै माइती पक्षले उनको श्रीमानमाथि कारबाही गर्न प्रहरीसमक्ष आग्रह गरेको छ । हत्या हो वा आत्महत्या भन्ने अनुसन्धान भईरहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । मृतक स्वस्तिकाका माईती पक्षले मुकेशविरुद्ध किटानी जाहेरी दिएको र दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाईएको उनले जानकारी दिए ।

Next Post

नेपाल अब पछौटेपनमा बसिरहन सक्दैन  : प्रम ओली

३ बैशाख २०७६, मंगलवार १५:३९
सदरलाइनडटकम, नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवा चल्दा सुन पाईने नेपालमा अब पछौटेपनमा बसि रहन नसक्ने बताएका छन् । उनले गरिबी, अशिक्षा र पछौटेपन सरकारले नमान्ने बताए । नेपालगन्जस्थित पाँचतारे सोल्टी बेष्टेण्ड प्रीमियर होटलको मगलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई प्रोत्साहन र संरक्षण गरिने बताए । नेपाल खनिजको […]