पत्रकार अधिकारीको उपचारको लागि प्रेस युनियनको सहयोग हस्तान्तरण

२ भाद्र २०७५, शनिबार १९:१७
 

सदरलाइनडटकम 
नेपालगन्ज  : गत साउन ४ गते सडक दुर्घटनामा परेर घाइते भएका पत्रकार हरि अधिकारीको उपचारका लागि नेपाल प्रेस युनियन बाँकेले संकलन गरेको सहयोग रकम हस्तान्तरण गरेको छ ।
घाइते अधिकारीको सहयोगार्थ युनियन बाँकेले ‘संजिवनी’ अभियानमार्फत आफ्ना सदस्यहरुबाट संकलन गरेको नगद ३० हजार ५० रूपैयाँ हस्तान्तरण गरेको जनाएको छ ।
शनिबार बाँकेको खजुरास्थित अधिकारी निवास मै पुगेर युनियन बाँकेका अध्यक्ष जयनारायण शाह, निर्वतमान अध्यक्ष नरेन्द्र थापा, केन्द्रीय पार्षद एवम् पत्रकार महासंघ प्रदेश पाँचका सचिव शुक्रऋषि चौलागाई, सचिव अर्जुन ओली, केन्द्रीय पार्षद नवीन गिरी र सदस्य गणेश राईले रकम हस्तान्तरण गरेका हुन् ।
सो क्रममा घाईते अधिकारीको स्वास्थ्य अवस्था बुझ्दै युनियनले शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको थियो । युनियन बाँकेका अध्यक्ष शाहले घाईते अधिकारीको पीडामा भावनात्मक रुपले सहयोग गर्न युनियनले संजिवनी अभियानमार्फत आफ्नै सदस्यबाट रकम संकलन गरेको बताएका थिए । पत्रकार अधिकारीलाई चाडो निको भएर नियमित काममा फर्केको आफुहरुले देख्न चाहेको शाहले सुनाए ।
पत्रकार अधिकारी नेपालगन्जबाट प्रकाशित हुन बाँके पोष्ट दैनिकका सम्पादक तथा प्रकाशक हुन् । प्रेस युनियन बाँकेको टोली समक्ष अधिकारीले आफु पत्रिकाको नियमित काममा फर्किन आतुर रहेको बताएका थिए । ‘छिट्टै पुर्ण रुपमा निको भएर म मेरा पाठक तथा शुभेच्छुकका लागि पत्रिकालाई नियमित रुपमा प्रकाशन गर्नेछु’ उनले भने ।  

Next Post

द्वन्द्वपीडित तथा एकल महिलालाई मुलुकी संहिताबारे अनुशिक्षण

२ भाद्र २०७५, शनिबार १९:१७
सदरलाइनडटकम  नेपालगन्ज : बाँके र बर्दियाका द्वन्द्व पीडित तथा एकल महिलालाई लक्षित गरी शुक्रबारदेखि लागू भएको कानूनका साथै लैङ्गिक र कानुनी अधिकार सम्बन्धी २ दिने अनुशिक्षण नेपालगन्जमा सम्पन्न भएको छ । द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँकेको आयोजनामा कुर्वे उष्ट्रोको प्राविधिक सयोगमा सञ्चालित सत्य निरुपण तथा मेलमिलाप प्रक्रियामा द्वन्द्व […]