रोजा ‘इफ्तार’मा राष्ट्रपति भण्डारी सहभागी हुने

१९ जेष्ठ २०७६, आईतवार १५:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : मंगलवार हुने मुस्लिम समुदायको रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी नेपालगञ्ज आउँदै छिन् । पहिलो पटक राष्ट्रप्रमुख रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुने भएपछि मुस्लिम समुदाय हर्षित भएको छ । रमजानमा एक महिनसम्म पानीसमेत नखाएर बसिने रोजा अर्थात् ब्रतलाई पाँच स्तम्भमध्ये रोजा पनि एक मानिन्छ ।
रोजा ‘इफ्तार’ अर्थात् खोल्ने समय प्रत्येक दिन फरक रहेको मुस्लिम अगुवाहरु बताउँछन् । ‘इफ्तार’मा क्षमताअनुसार मुस्लिम समुदायले व्यक्तिगत वा सामुहिकरुपमा बसेर परम्परागत विभिन्न परिकार खाने प्रचलन रहेको मुस्लिम समुदायका अगुवा एवं इत्तेहाद संगठनका केन्द्रीय नेता मो.हारुनले बताए ।
‘इफ्तार’ कार्यक्रममा राष्ट्रपतिको सहभागिता हुनुलाई उत्साहका रुपमा लिइएको उनको भनाई छ । राष्ट्रपतिको सहभागिताले देशका सबै धर्म, सम्प्रदाय एक रहेको भन्ने सन्देश प्रवाह हुने भन्दै उनले यस्तो सन्देश मुस्लिमको लागि मात्र नभएर सबै धर्मको व्यक्तिका लागि गर्वको कुरा भएको बताए ।
राष्ट्रपति सहभागी हुने इफ्तार कार्यक्रमको तयारीका लागि नेपालगञ्जका मुस्लिम समुदाय एक महिनादेखि जुटेका थिए । मंगलवार बेलुकी साढे पाँच बजेपछि सिद्धार्थ कटेजमा शुरु हुने इफ्तार कार्यक्रममा राष्ट्रपति भण्डारी प्रमुख अतिथि रहने भन्दै हारुनले कार्यक्रमको सबै तयारी पुरा भएको जानकारी दिए ।

Next Post

पीएम कपमा पुलिस सेमिफाइनलमा प्रवेश

१९ जेष्ठ २०७६, आईतवार १५:४६
सदरलाइनडटकम, काठमाण्डौ : प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर मैदानमा प्रदेश २ लाई १५६ रनले पराजित गर्दै ८ अंकसहित पुलिसले सेमिफाइलनमा स्थान सुरक्षित गरेको हो । पुलिसले दिएको २५४ रनको लक्ष्य पछ्याएको प्रदेश २ २९ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनमा अल […]

सम्बन्धित