बाँके राप्तीसोनारी–२ ज्ञानु ओलीको चुनावी घरदैलो जारी

सदरलाइन संवाददाता १९ बैशाख २०७९, सोमबार १८:११
 

राप्तीसोनारी (बाँके) : बाँकेमा यतिबेला चुनावी सरगर्मी बढेको छ । युवादेखि महिला र जेष्ठ नागरिक निर्वाचनमा उर्लिएका छन । बाँकेका आठवटै स्थानीय तहमा विभिन्न राजनीतिक दल आ–आफ्नो पक्षमा जनलहर प्रदर्शन गर्न तीब्र प्रतिश्पर्दा देखिएको छ ।

राप्तीसोनारी गाउँपालिकाको दुई नम्बर वडापालिमा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार युवा ज्ञानु ओली बस्ती, टोल, गाउँ र चौकहरूमा आफ्नो पक्षमा मतदान गर्नको लागि प्रचार प्रसार अभियानलाई तिब्र पारेका छन । एमालेसंगै काँग्रेस राप्रपा लगायतका दलको पनि आ आफनै अभियान चलेको देखिएको छ ।

राष्ट्रिय युवा संघ बाँकेका अध्यक्ष समेत रहेका ओली यतिबेला वडापालिकामा सबे मतदातको घरदैलोमा पुगेका छन । आफुले वडापाकिला जिते यहाँका तमाम खालका समस्या समाधानमा लाग्निे प्रतिबद्धता जनाउँदै उनी मतदातको माया र सहयोगको अपेक्षा गरिरहेका छन ।


मतदातका घरदैलोमा पुगेका ओलीसमक्ष आम मतदाताले वडापालिकामा देखिएको खानेपानी समस्या समाधानमा  पहल गर्न आग्रह गरेका छन । वडापालिकामा खानेपानीको समस्या छ स्थानीय मतदाता दीपक सेनले भने–‘अब आउने प्रतिनिधीले वडामा खानेपानीको समस्या छ । यस बिषयलाई बिशेष ध्यान दिनुपर्छ ।’

राप्तीसोनारी दुई नम्बर वडापालिकाको विकासका लागि युवा नेता ओलीको खाँचो रहेको बताएका छन । उनीहरुले कोरोना कहरको बेलामा ज्ञानुको खटाई उनले पुराएको सेवाले प्रभावित भएर पनि उनलाई जनप्रतिनिधिको रुपमा हेर्ने विश्वास आम मतदाताको छ ।

ज्ञानुको सक्रियता र नीजि लगानीमा बाटो, खानेपानी, तथा विभिन्न विकास निर्माणको कामहरु वडामा सम्पन्न भइसकेकोले पनि उनी वडामा जनपृय रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकीमा एमालेका हिमान्शु र भुमिसराको टिम घरदैलोमा व्यस्त

१९ बैशाख २०७९, सोमबार १८:११
जानकी (बाँके) : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले बाँकेमा यतिबेला चुनावी सरगर्मी बढेको छ । युवादेखि महिला र जेष्ठ नागरिक निर्वाचनमा उर्लिएका छन । बाँकेको जानकी गाउँपालिकामा एमालेका उम्मेदवारले आफ्नो प्रचार अभियानलाई तीब्र पारेका छन । एमालेबाट अध्यक्षका उम्मेदवार हिमान्शु यादव र उपाध्यक्षका उम्मेदवार भुमिसरा धिताल आफ्नो […]

ताजा अपडेट