वडानं. १८ मा धमाधम बाटो कालोपत्रेका लागि शिलन्यास

सदरलाइन संवाददाता २८ फाल्गुन २०७७, शुक्रबार १२:३४
 


नेपालगञ्ज  : नेपालगञ्ज वडा नं. १८ सिक्टा सिचाईको कार्यालय पूर्व जाने सडक कालोपत्रे गर्नका लागि शिलन्यास गरिएको छ । वडा अध्यक्ष दिपक वर्माले एक कार्यक्रमका बीच सो सडकको शिलन्यास गरेका हुन ।

१ हजार ५ सय ५० मिटरको सो सडक आठमिटर चौडा रहेको छ । करिव पाँचसय मिटरसम्म पक्की नाली समेत रहेको वडा अध्यक्ष बर्माले जानकारी दिए ।

सो सडक सिक्टा पूर्व हुँदै श्रमिक कार्यालय–हुनमान मन्दीर जोड्ने र उत्तर सिद्धार्थ भ्यू पूर्वपट्टिको चर्चसम्म जोड्ने बताईएको छ । सो शिलन्यास कार्याक्रममा वडा सदस्य दिग्विजय ढुंगाना लगायत स्थानीय टोलबासीहरुको सहभागिता रहेको थियो ।


वडा नं. १८ मा विशलनगर–बानिया गाउ, तेजनगरमा थप कालोपत्रे काराादोमा नाला सहितको कालोपत्रे, वाईपास– मानव विकास आश्रम, पशुपतिनगर ट्राभल भिलेज जाने बाटो निर्माणको चरणमा र केही प्रकृयामा रहेको वडा अध्यक्ष बर्माले जानकारी दिए ।

Next Post

बर्दियाको निकुञ्ज क्षेत्रमा प्रवेश निषेध

२८ फाल्गुन २०७७, शुक्रबार १२:३४
बर्दिया : बर्दियामा नरभक्षी बाघले आतंक मच्चाएपछि जोखिम क्षेत्रमा प्रवेश बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै निकुञ्ज र जोखिम क्षेत्रमा प्रवेश बन्द गरिएको जनाएको हो । बाघको आक्रमणबाट चालु आर्थिक वर्षको हालसम्म ९ जनाको ज्यान गइससकेको छ । आहारको खोजीमा निस्कने बाघले मानिसहरुलाई आक्रमण गर्न थालेपछि […]

सम्बन्धित