पीएम कपमा पुलिस सेमिफाइनलमा प्रवेश

१९ जेष्ठ २०७६, आईतवार १६:५२
 

सदरलाइनडटकम,
काठमाण्डौ : प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर मैदानमा प्रदेश २ लाई १५६ रनले पराजित गर्दै ८ अंकसहित पुलिसले सेमिफाइलनमा स्थान सुरक्षित गरेको हो ।
पुलिसले दिएको २५४ रनको लक्ष्य पछ्याएको प्रदेश २ २९ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनमा अल आउट भयो । प्रदेश २ लाई सस्तैमा अल आउट गराउन दीपेन्द्रसिंंह ऐरीले सर्वा्धिक ५ विकेट लिए । दश ओभर बलिङ गरेका ऐरीले १ ओभर मेडन राख्दै ५ विकेट लिँदा २८ रन खर्चिए । यसैगरी अर्का बलर ललितनारायण राजबंशीले तीन विकेट हात पारे । ६ ओभर बलिङ गरेका ललितले ३ ओभर मेडन राख्दै २१ रन दिएका थिए । कुशल भुर्तेल र सागर ढकालले पनि समान एक(एक विकेट लिए ।
प्रदेश २ का लागि हरिशंकर साहले २९ रन जोड्दा कप्तान मेहबुब आलमले २१ रनको पारी खेले । १६ बल सामना गरेका आलमले तीन छक्का प्रहार गरेका थिए । रवि साहले १५ रन बनाउँदा सुरज पटेलले १२ रनको योगदान गरे । टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा नौ विकेट गुमाउँदै २५३ रन बनायो । बलियो शुरुवात गरेको पुलिसले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेको थियो । पुलिसका लागि सुनिल धमलाले ४३ तथा अनिल शाले ३७ रन बनाए ।
यस्तै अमित श्रेष्ठले ५०, दिपेन्द्र ऐरीले १८ तथा पवन सराफले १३ रनको योगदान गरे । त्यस्तै आरिफ शेखले ३२ तथा कुशल भुर्तेलले ३५ रन योगदान गरे । बलिङमा संसद शेखले चार तथा रासिद खानले दुई विकेट हात पारे । जवाफमा २९ ओभरमा ९७ रनमा अलआउट भएको प्रदेश २ ले आठ रनमा पहिलो र ४९ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका मध्यक्रमका खेलाडीले राम्रो खेल्न नसक्दा १५६ रनको अन्तरले पराजित भयो । समुह ’बी’ बाट नेपाल पुलिस विजेता र आर्मी उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका छन् ।

Next Post

नेपालगञ्जका अनाथ बालबालिकालाई आर्थिक सहयोग

१९ जेष्ठ २०७६, आईतवार १६:५२
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेस्थित मुस्लिम समुदायका अनाथ बालबालिकाहरुलाई आईतवार कपडा, खाद्यन्न र नगद सहयोग उपलब्ध गराइएको छ । कतार च्यारेटीको सहयोगमा बाँके युनेस्को क्लबले इस्लाम धर्मालम्बीहरुको महान चाड रमजान इदुलफित्र पर्व मनाउनका लागि १० जनालाई कपडा सेट, ८ जनालाई खाद्यान्न र ३ जनालाई नगद सहयोग रकम उपलब्ध गराएको हो । […]