सदरलाइनडटकम,
दाङ : पूर्वपश्चिम सडक खण्डअन्तर्गत दाङको देउखुरीमा आएका सवारीका साधनलाई प्रहरीले सुरक्षा दिएर गन्तव्य तर्फ पठाएको छ । पूर्वबाट पश्चिम तर्फ जानका लागि आएका सवारीका साधनलाई स्कर्टिङ गरेर गन्तव्यमा पठाउँदै आएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
पश्चिमबाट पूर्व जाने भन्दा पूर्वबाट पश्चिम तर्फ जाने सवारीका साधनहरु धेरै देउखुरी आईपुगेका छन् । ति गाडिहरुलाई सुरक्षा दिएर एक प्रहरी चौकी देखी अर्को प्रहरी चौकी सम्म पुर्याउने गरिएको वडा प्रहरी प्रमुख, प्रहरी निरीक्षक अरुण सिंहले जानकारी दिएका छन् ।
विहानदेखि करीब एक सय ५० सवारी साधनलाई सुरक्षा दिएर गन्तव्य तर्फ पठाईएको उनको भनाई छ । पूर्वपश्चिम सडक खण्डमा सुरक्षाकर्मीहरु व्यापकरुपमा परिचालन गरिएको र बन्दकर्ताहरु कतै नदेखिएको प्रहरीले जनाएको छ ।
