सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकामा चालु आर्थिक बर्षको असार मसान्त भित्र कम्तिमा १६ किलोमिटर सडक कालोपत्रे गरिँदैछ । अन्य विकास निर्माणका योजना पनि निर्माणका क्रममा रहेका छन् ।
गाउँपालिकाले निर्माण गरिरहेका योजनाहरु असार भित्रै सम्पन्न गर्नका लागि गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले सक्रियता बढाएका छन् । सोमवार योजनाको काम समयमै सम्पन्न गर्नका लागि कक्षपतिले गाउँपालिकाका ईञ्जिनियर र प्राविधिकसँग छलफल गरेका छन् ।
यहि १५ गते निर्माणको जिम्मा पाएका निर्माण ब्यवसायीसँग छलफल गर्न लागिएको कक्षपतिले बताए । उनले कुनैपनि योजनाको काम अधुरो हुन नदिने गरि काममा सक्रियता दिन प्राविधिक र निर्माण ब्यवसायीलाई निर्देशन दिइएको बताए ।
Next Post
कतारमा ज्यान गुमाएका ठकुरी परिवारलाई आर्थिक सहयोग
१३ जेष्ठ २०७६, सोमबार १७:३६
सम्बन्धित
-
१९ फाल्गुन २०७६, सोमबार १८:२७
कोरोना प्रभाव : प्रदेश पाँचमा हुने सबै सम्मेलन स्थगित
-
९ असार २०७८, बुधबार १४:२१
डुडुवाका शिक्षकले गाउपालिकामा बुझाए ७ बुँदे ध्यानाकर्षण पत्र
-
१५ असार २०७९, बुधबार १५:३४
चट्याङ लागेर बाँकेमा एक बालकको मृत्यु, एक घाइते
-
१४ पुष २०७७, मंगलवार ०९:२४
बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु
-
८ असार २०७९, बुधबार १६:०३
इन्धनको मूल्यवृद्धिले बाँकेका किसानलाई पिरलो
-
१२ पुष २०७८, सोमबार १३:४८
नेपालगञ्जमा उद्योग व्यापार महोत्सव सञ्चालन हुने