कोहलपुरमा जथाभावी फोहोर फाल्नेलाई जरिवाना

सदरलाइन संवाददाता २७ माघ २०७९, शुक्रबार १३:४३
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले तोकिएका स्थान बाहेक अन्य ठाउँमा फोहोर फाल्नेलाई कारबाही सुरु गरेको छ ।

कोहलपुर नगरपालिका –११ स्थित रेडक्रस चोक पछाडि सडक छेउमा फोहोर फाल्नेक्रममा नमस्ते मिटअप पसलका प्रकाश पोखरेललाई कारबाही गरिएको नगरप्रहरी प्रमुख बीरबहादुर थापाले जानकारी दिए ।

पोखरेलले भे५प ४६८१ नम्बरको स्कुटीमा फोहोर ल्याई सडक छेउमा फाल्दै गरेको अवस्थामा नगरप्रहरीको गस्ती टोलीले पक्राउ गरेको थियो । पोखरेललाई फोहोर मैला तथा व्यवस्थापन ऐन २०६८ अनुसार ५ हजार जरिवाना गरिएको छ । कोहलपुर नगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्न निषेध गरेको छ । त्यसका लागि नगरप्रहरीले गस्ती समेत गर्दै आएको छ ।


यसअघि कोहलपुर नगरपालिकाले जथाभावी फोहोर नफाल्न सूचना तथा माइकिङ नै गर्दै आएको थियो । तर, नगरपालिकाको आग्रहलाई अटेरी गरि सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई कारबाहीको दायरामा ल्याउन थालिएको नगर प्रहरी प्रमुख थापाले बताए ।

कोहलपुर नगरपालिकाले नगर क्षेत्रलाई सफा तथा सुन्दर बनाउन फोहोरमुक्त अभियान सुरु गरेको छ । नगरप्रहरीले यसअघि बसपार्क, पर्यटन बोर्ड कार्यालय, एनसिसिएन क्षेत्रको फोहोर आफै सफाइ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतको जंगलमा लुकाएर राखिएका ५ थान बन्दुक बरामद

२७ माघ २०७९, शुक्रबार १३:४३
नेपालगञ्ज : प्रहरीले जंगलमा लुकाएर राखेको अवस्थामा ५ थान बन्दुक फेला पारेको छ । सुर्खेतको लेकबेशी नगरपालिका ५ मा रहेको राष्ट्रिय चौफारी डाँडा जंगलमा ढुङ्गाको ओडारमा ५ नाल भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेत जनाएको छ । प्रहरीको नियमित गस्तीका क्रममा माथिल्लो खल्टाकुरा राष्ट्रिय चौफारी डाँडा जंगलमा ढुङ्गाको […]

सम्बन्धित