सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेस्थित राप्ती नदीमा पानीको स्तर बढेसँगै बाढी आउने खतरा बढेको छ । पहाडी क्षेत्रमा निरन्तर परिरहेको पानीका कारण राप्ती नदी आसपासका क्षेत्रमा खतरा बढेको हो ।
यो समाचार तयार पारुञ्जेलसम्म राप्ती नदीले खतराको तह पार गरेको छ । कुुसुमस्थित बाढी मापन केन्द्रका अनुसार राप्ती नदीको बहाव चेतावनी स्तर पार गरेको हो । राप्ती नदीमा ५ दशमलव ४० मिटर पानीको स्तर पुगेमा खतरा मानिन्छ ।
अहिले राप्तीमा पानीको सतह ५ दशमलव ३६ मिटर पुगेको छ । पहाडी भेगमा लगातार भइरहेको वर्षाले राप्तीमा पानीको सतह अझै बढ्ने क्रममा रहेकोले सतर्कता अपनाउन बाढी मापन केन्द्र कुसुमले आग्रह गरेको छ ।
कुसुममा पानीको सतह बढेसंगै बाँकेको राप्तीसोनारी र डुडुवा गाउँपालिका लगायत राप्तीको तल्लो तटीय क्षेत्रमा बाढी आउने सम्भावना उच्च रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
Next Post
नेपालगञ्जमा योग भवनको उद्घाटन
६ असार २०७७, शनिबार १६:५६
सम्बन्धित
-
२४ पुष २०८०, मंगलवार १८:०३
जब्दीघाटमा पुल निर्माणको मागसहित प्रदर्शन
-
२३ मंसिर २०७४, शनिबार १८:५१
१४ किलो चरेशसहित ४ पक्राऊ
-
३ चैत्र २०७६, सोमबार १७:४८
पन्ध्र दिनभित्र जवाफ पेश गर्न अदालतको आदेश
-
२७ कार्तिक २०८०, सोमबार १३:०८
राप्तीसोनारीमा झडप हुँदा १ जना गम्भीर घाइते, ३ पक्राउ
-
९ आश्विन २०७६, बिहीबार १६:३६
गौहत्या आरोपमा खजुरामा तीनजना पक्राउ
-
२१ श्रावण २०८०, आईतवार १५:०६
दोलखाको पहिरोपीडितलाई एसएस फाउण्डेशनको सहयोग