सदरलाइनडटकम,
काठमाण्डौ : मुस्लिम समुदायले महत्वपूर्ण पर्व इदउल फित्रमा सार्वजनिक विदा दिन माग गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुस्लिम आयोगसहित मुस्लिम समुदायले शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै उक्त पर्वमा विदा दिन माग गरेको हो ।
मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले पवित्र पर्व इदउल फित्रको दिन परेको परीक्षा स्थगित गर्न र उक्त दिन सार्वजनिक बिदा दिन सरकारसंग माग गरेको बताए । प्रधानमन्त्री ओलीले भने आवश्यक छलफल पछि मुस्लिम समूदायको पवित्र पर्व इदउल फित्रको दिन सार्वजनिक विदा दिनेबारे निर्णय गरिने बताए । यसअघि इदउल फित्रमा सार्वजनिक विदा दिने गरिए पनि वर्तमान सरकारले भने विदा कटौति गरेको छ ।
