सदरलाइनडटकम,
काठमाण्डौ : नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मिडिया विधेयक फिर्ता लिन सरकारसंग आग्रह गरेका छन् । काँग्रेस काठमाण्डौ क्षेत्र नं. ४ ले शनिवार काठमाण्डौमा गरेको जागरण अभियानको उद्घाटन गर्दै उनले मिडिया विधेयक फिर्ता नलिए संसदमा मुठभेडको स्थिति सृजना हुने चेतावनी दिए । कांग्रेसले लोकतन्त्रको रक्षाको लागि खबरदारी गर्ने भन्दै नेता खाँणले प्रेस माथिको हस्तक्षेप अस्वीकार्य हुने बताए ।
कार्यक्रममा काँग्रेस नेता गगन थापाले कांग्रेसले कम्युनिष्ट सरकारको अधिनायकवादविरुद्ध जागरण अभियान सञ्चालन गरेको भन्दै सडक र सदनबाट खवरदारी गर्ने बताए । कार्यक्रममा विभिन्न कलाकारहरुले चेतनामुलक सडक नाटक प्रस्तुत गरेका थिए ।
