पूर्वप्रधानन्यायाधीश खत्रीको शोकमा भोली देशभरका अदालत बन्द

११ जेष्ठ २०७६, शनिबार १४:५०
 

सदरलाइनडटकम,
काठमाण्डौ : पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आइतवार देशभरका अदालत बन्द हुने भएका छन् । सर्वोच्च अदालतको शनिवार बसेको आकस्मिक पूर्णबैठकले शोकमा भोलि देशभरका जिल्ला अदालत, उच्च अदालत, सर्वोच्च अदालत, विशेष अदालत तथा न्यायाधीकरणहरू बन्द गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाद्वारा जारी विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश खत्रीको बुधवार भएको निधनबाट न्याय, कानुन र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख छ ।
सर्वोच्च अदालतको न्यायाधीश र प्रधानन्यायाधीशको रूपमा लामो समयसम्म सेवारत खत्रीको बुधवार निधन भएको थियो । खत्री २०३३ सालमा प्रधानन्यायधीमा नियुक्त भई २०४२ सालमा सेवानिवृत्त भएका थिए ।

Next Post

ईदमा सार्वजनिक विदाको माग

११ जेष्ठ २०७६, शनिबार १४:५०
सदरलाइनडटकम, काठमाण्डौ : मुस्लिम समुदायले महत्वपूर्ण पर्व इदउल फित्रमा सार्वजनिक विदा दिन माग गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुस्लिम आयोगसहित मुस्लिम समुदायले शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै उक्त पर्वमा विदा दिन माग गरेको हो । मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले पवित्र पर्व इदउल फित्रको दिन परेको […]