भेरी नदीमा जीप खस्दा दुई जनाको ज्यान गयो

सदरलाइन संवाददाता ५ असार २०७९, आईतवार १३:४९
 

नेपालगञ्ज : रुकुम पश्चिमको आठविसकोट नगरपालिका–११ चिसापनी नजिकै भेरी नदीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रुकुम पचिमको राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जीप शनिवार राती दुर्घटना भएको हो ।

दुर्घटनामा जीप चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय, आठबिसकोटले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा बाँफिकोट गाउँपालिका ८ दुलिका कबिराम बिक र मुसिकोट नगरपालिका ११ का कमल खड्काको मृत्यु भएको छ ।


कविराम चालक र कमल सहचालक हुन् । जीपमा दुई जना मात्रै सवार रहेको पाइएको प्रहरीले जनाएको छ । जीप अनियन्त्रित भएर भेरी नदीमा खसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइने

५ असार २०७९, आईतवार १३:४९
नेपालगञ्ज : बाँकेमा यही असार ९ गतेदेखि ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको फाइजर–बायोएनटेक खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार ७६ हजारबढी बालबालिकालाई कोभिडविरुद्धको फाइजर–बायोएनटेक खोप दिन लागिएको हो । असार ९, १० र ११ गतेसम्म चल्ने खोप अभियानमा ७६ हजार २३९ जना बालबालिकालाई खोप […]